महिला चेम्बरकी अध्यक्ष श्रेष्ठलाई भारतमा उत्कृष्ट महिला उद्यमीको अवार्ड
साल्ट ट्रेडिङ्ग कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ भारतको पटनामा ग्लोबल स्टार अवार्डबाट सम्मानित भएकी छिन ।
चेम्बर अफ कमर्शकी उपाध्यक्ष समेत रहेकी श्रेष्ठले नेपालमा लामो समयदेखि एक सफल महिला उद्यमीको रुपमा देश तथा विदेशमा आफ्नो छवि उच्च बनाएको तथा नेपाल भारत सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान दिए बापत उनलाई यो बर्षको उत्कृष्ट अन्तराष्ट्रिय महिला उद्यमीको अवार्डबाट सम्मानित गरिएको आयोजक समितिका प्रमुख डा.शिखा नरुलाले जानकारी दिईन ।
भारत सरकारका आइएएस शंशाक शेखर,एमएलए रश्मि बर्मा,पटना सरकारको जिएसटी ज्वाइन्ट कमिस्नर समिर परिमल तथा आयोजक समिति सदस्य मिसेस भारत प्रतिभा प्रसादको संयुक्त निणार्यक मण्डलले श्रेष्ठलाई नेपालका लागि यो वर्षको उत्कृष्ट महिला उद्यमीको अवार्ड प्रदान गर्ने निर्णय गरेको थियो ।विहारका शिक्षा तथा प्रविधि मन्त्री...










