Author: admin

जता गए पनि अनियमितता मात्र
राजनीति, समाचार

जता गए पनि अनियमितता मात्र

-डा.डी.आर.उपाध्याय खनाल मुलुकका सामु तमाम समस्या छन । यी समस्या समाधान गर्न दलहरु त्यति गम्भिर भएको देखिदैन । जनताको पसिना र जनताले तिरेको करमा मनपरि रमाउनेहरुलाई देशको बारेमा कुनै चिन्ता छैन । उनीहरु आफनै ब्यक्तिगत स्वार्थमा रमाइरहेका छन । आज देश गम्भिर संकटमा फसेको छ । देशको भबिश्य सोच्ने फुर्सद कसैलाई छैन । लुट्नेले लुटिरहेका छन, रात दिन पसिना बगाउने श्रमिकहरुको अबस्था कस्टकर छ । उनीहरु आफनो दैनिक गुजरा चलाउन सकिरहेका छैनन् । देशमा सुशासन छैन, जता गए पनि अनियमितता मात्र छ । यसरी देश बनाउन सकिदैन र बन्न सक्दैन । अब नेतृत्वले सोच्नु पर्ने बेला भयो । देशमा राजनीति दलहरु धेरै भए । संसद देखि संसद बाहिरका राजनीति पार्टीहरु पनि छन । बेरोजगारहरुको भिड जम्मा गर्ने राजनीति पार्टीबाट अब केहि हुदैन भन्ने जनताले बिस्तारै बुझदै जान थालेका छन । सरकार मुलुकमा सुशासन कायम गर्न सकेको छ्रैन । सेवाप्...
सुरेन र प्रतिमाको स्वरमा ‘राधा प्यारी’ (भिडियो)
मनोरन्जन, समाचार

सुरेन र प्रतिमाको स्वरमा ‘राधा प्यारी’ (भिडियो)

सुरेन चन्द र प्रतिमा केसीको स्वर रहेको ‘राधा प्यारी’ गीत सार्वजनिक गरिएको छ । गायक तथा सङ्गीतकार सिएल शर्माको शब्द तथा सङ्गीत, विश्व अधिकारीको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/ato-TAUrrns विक्रम चौहानको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा मोडल गरिमा शर्मा र प्रिन्स चौहानको अभिनय छ । भिडियोमा राधाको भूमिकामा देखिनुभएकी गरिमा कृष्ण बन्नुभएका प्रिन्सको जोडी राम्रो देखिएको छ । एक प्रेमील जोडीको रमाइलो र सफल प्रेम कथा बोल्ने गीतको भिडियोमा प्रकाश खड्काको छायांकन र मिलन विश्वकर्माको सम्पादन तथा कलरिङ छ । ‘इनाक्छी इन्टरटेनमेन्ट’बाट बजारमा ल्याइएको भिडियो र अडियोको निर्माण पनि इनाक्छी इन्टरटेनमेन्टले नै गरेको हो ।...
सरोजको संगीत रहेको ‘पिडा’मा श्रीदेव र जेविका(भिडियो)
मनोरन्जन, समाचार

सरोजको संगीत रहेको ‘पिडा’मा श्रीदेव र जेविका(भिडियो)

लोकप्रिय गीत ‘पिडा’को फिमेल भर्सनको अडियो भिडियो सार्वजनिक भएको छ ।गायिका वर्षा दासको स्वर रहेको पिडालाई संचारकर्मी एवं संगीतकार सरोज कोईरालाले संगीत दिएका छन, भने यस अघिको मेल भर्सनका गायक भने स्वयं कोईरालानै रहेका थिए ।गीतकार सिताराम कोइराला रचित पिडामा फिमेल भर्सनमा समेत नायक एवं मोडल श्रीदेव भट्टराई तथा जेविका कार्कीको अभिनय रहेको छ ।गीतको भिडियो ओएसआर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । राजेन्द्र बजगाईले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोमा श्रीदेव भट्टराई र जेबिका कार्कीेले अभिनय गरेका छन् । श्रीदेव र जेबिकाको यो दोश्रो सहकार्यमा जोडी उत्कृष्ट देखिन्छ । https://youtu.be/or1JpD9f8EQ भिडियोको निर्देशन ऋषि बराल ‘श्रीजन’ ले गरेका हुन् । श्रीमान श्रीमतिको सम्बन्ध, माया प्रेम, वैदेशिक रोजगारीका कारण छुट्टिनु पर्दाको पीडा र उत्तराद्र्धमा श्रीमानको मृत्युको पिडा भोग्नुप...
डिएस डांगीको ‘सम्झनाले मनै रुदा’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

डिएस डांगीको ‘सम्झनाले मनै रुदा’सार्वजनिक(भिडियो)

चर्चित भिडियो निर्देशक जीवन शाहीको निर्देशनमा ‘सम्झनाले मनै रुदा ‘बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक डिएस डांगीको मार्मिक स्वरमा रहेको गीतलाई संदिप कार्कीले एरेन्ज गरेका छन भने,शव्द तथा संगीत स्वयं गायक डांगीकै रहेको छ ।रोजगारीका लागि विदेश जान वाध्यता वीच आफ्नो मायालुको सम्झनाले सताउदाको पिडालाई गीत तथा भिडियोमा यर्थाथपुरक ढंगले प्रस्तुत गरिएको छ । भिडियोमा गायक डांगीकै अभिनय रहेको छ भने उनलाई विना राउतले अभिनयमा साथ दिएका छन । भिडियोलाई दिपेन वस्न्यातले सम्पादन एवं छायांकन गरेका हुन । https://www.youtube.com/watch?v=y2xVwNLJ2zE...
नृत्य निर्देशक संघद्वारा केन्द्रिय सदस्य बुद्ध लामालाई सम्मान
मनोरन्जन, समाचार

नृत्य निर्देशक संघद्वारा केन्द्रिय सदस्य बुद्ध लामालाई सम्मान

काठमाडौं । नृत्य निर्देशक संघ नेपालले संघका सदस्य एवं चौरीदेउराली गाउपालिका वडा नं. १ बाट नव निर्वाचित वडा सदस्य बुद्ध लामालाई सम्मान गरेको छ । लामो समयदेखि नृत्य निर्देशकको रुपमा सक्रिय लामाले नेपाली काङ्ग्रेसबाट वडा सदस्यमा निर्वाचित भएको अवसरमा उनलाई संघको तर्फबाट वरिष्ठ उपाध्यक्ष प्रदिपमान श्रेष्ठ लगायत अन्य वोर्ड सदस्यहरुले वधाई एवं सफल कार्यकालका लागि शुभकामना सहित सम्मान प्रदान गरेका थिए ।नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपालको कार्यालयमा आयोजना गरिएको उक्त बधाई तथा शुभकामना कार्यक्रममा  केन्द्रीय सह-सचिव रवि राना मगर,  केन्द्रीय सचिव एवं प्रवक्ता ऋषिकेश श्रेष्ठ, केन्द्रीय उपाध्यक्ष शम्भु शाही, केन्द्रीय महासचिव नृपध्वज खत्री,केन्द्रीय कोषाध्यक्ष शारदा शर्मा सोती,केन्द्रीय सह-कोषाध्यक्ष केशव कोइराला,केन्द्रीय सदस्यहरु प्रमिला कार्की ढकाल, सृजना श्रेष्ठ,सृ...
‘गुंरास जस्तो’लिएर गायक रवि सुवेदी(भिडियो)
मनोरन्जन, समाचार

‘गुंरास जस्तो’लिएर गायक रवि सुवेदी(भिडियो)

काठमाडौं । गायक रवि सुवेदीको स्वरमा रहेको ‘गुंरास जस्तो’ बोलको गीतको भिडियो सार्वजनिका भएको छ । रोशन अनुराग राईको शव्दमा तयार भएको गीतको भिडियो गायक सुवेदीको आफ्नै युट्यूब च्यानल रवि सुवेदीबाट सार्वजनिक भएको हो । लामो समयदेखि अमेरिकामा वसेर नेपाली गीत संगीतको प्रवद्र्धनका लागि सक्रिय गायक सुवेदीले थुप्रै गीतहरु बजारमा सार्वजनिक भैसकेका छन । https://youtu.be/JDlBCx_OrKI गायनसंग संगै अभिनयमा समेत निरन्तरता दिएका सुवेदीको सार्वजनिक गीत गुंरास जस्तोलाई सुरेन्द्र श्रेष्ठले संगीत एवं एरेन्ज दिएका छन । सुर मेलोडीमा तयार भएको गीतको भिडियोको प्रडक्सन मेनेजर नवराज कार्की हुन भने ड्रोन अपरेटर सुरेश काफ्ले हुन । भिडियोमा गायक सुवेदीलाई मोडल अस्मि थापा र अभिनेता जयराम बर्माले अभिनयमा साथ दिएका छन । धुलीखेल तथा काभे्रका मनोरम दृश्य समेटिएको भिडियो प्रविन थापाको कोरियोग्राफी तथा छायांकन र स...
इमाडोल जेसीज स्थापना दिवसको अवसरमा जेसीज सप्ताहव्यापी कार्यक्रम
समाचार, समाज

इमाडोल जेसीज स्थापना दिवसको अवसरमा जेसीज सप्ताहव्यापी कार्यक्रम

इमाडोल जेसीजको ११ औँ वार्षिक उत्सवको अवसरसँगै २०२२ को जेसीज सप्ताहको उद्घाटन भएको छ । सप्ताहको उद्घाटन समारोहकाबिच बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मानसहित शुभकामना आदानप्रदान गरिएको थियो । समारोहमा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख गोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जनसहित वडा अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा शाखाको ११ औँ स्थापना दिवसको केकमा दिप प्रज्वलन तथा केक काटेर कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख श्रेष्ठले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा इमाडोल जेसीजका लागि निरुपित राष्टिय उपाध्यक्ष जीवन कार्की, नेपाल जेसीजका मिडिया संयोजक सोनितराज ढुङ्गेल, धरान जेसीजका पूर्व अध्यक्ष द्धारिकानाथ श्रेष्ठ, काठमाडौँ जेसीज २०२२ का अध्यक्ष अनुप सुनुवार, नेपाली कांग्रेस महाधिवेश...
संञ्चारकर्मी रबि लामिछानेले कोरेको राजनीति बाटो
राजनीति, समाचार

संञ्चारकर्मी रबि लामिछानेले कोरेको राजनीति बाटो

-डा.डिआर उपाध्याय, चर्चित संञ्चारकर्मी रबि लामिछाने संचार क्षेत्रलाई त्यागेर सक्रिय राजनीतिमा आउने घोषणा गरेका छन । उनको यो घोषणाले राजनीतिमा तरंग उत्पन्न गरेको छ । उनी एक चर्चित राम्रा प्रस्तोता हुन । उनले समाजमा घटेका घटना र साना साना बिषय बस्तु टेलिभिजन मार्फत उठान गरे पछि जनताको मन जित्न सफल भएका हुन । पीडामा परेका मान्छेको आवाज बने उनी । त्यसैले उनी जनताको मन मनमा बस्न सफल भए । उनको संचार क्षेत्रको यात्रा सफल बन्यो । हिजोबाट उनी टेलिभिजन कार्यक्रमबाट बिश्राम लिएको घोषणा पनि गरेका छन । उनले राजनीति बाटो तय गदै छन । उनले राजनीतिको मार्ग चित्र कोर्ने बताएका छन । अब उनको राजनीति यात्रा कसरी अघि बढछ त्यो भोलीका दिनमा हेदै जाउला । उनले आफना कुरा सार्वजनिक गर्न असार ७ गते ठूलो भेला पनि गदै छन । उनले आहवान गरेको भेलामा को को सहभागी हुन्छन् त्यो भने सबैको चासोको बिषय पक्कै बनेको छ । क...
धिरेन शाक्य र सविना सुनार अभिनित ‘डोको चोयाको’ सार्वजनिक
मनोरन्जन, समाचार

धिरेन शाक्य र सविना सुनार अभिनित ‘डोको चोयाको’ सार्वजनिक

नेपाली चलचित्र क्षेत्रमा ३ दशक बढी समय बिताईसकेका र निरन्तर काम गर्दै आइरहेका वरिष्ठ अभिनेता धिरेन शाक्य र नव मोडल सविना सुनार अभिनित ‘डोको चोयाको’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।गीतमा कृष्ण बस्यालको शब्द, गायक राजेश बर्देवा तथा गायिक मेनुका परियारको स्वर रहेको छ भने संगीत तथा संगीत संयोजन पनि गायक बर्देवाले नै गरेका हुन । लाजिम्पाट स्थित ओपेरा रेष्टुरेन्टमा कलाकार, भिडियो टिम र सञ्चारकर्मीहरु माझ गीतको भिडियो सार्वजनिक गरिएको थियो ।पछील्लो समय नायक धिरेन शाक्य म्युजिक भिडियोमा निकै व्यस्त देखिन्छन । दिनहुँ जसो एउटा भिडियो सार्वजनिक भईरहेको छ । सार्वजनिक कार्यक्रममा आफ्नो टिमको तर्फबाट बोल्दै अभिनेता शाक्यले भिडियोसंगै केही चलचित्रहरु पनि छिट्टै आउने कुरा बताउनुभयो । गीत सुन्न बितिकै आफुलाई राम्रो लागेको र त्यसमा अझ कमल राई जस्तो वरिष्ठ डान्स डाइरेक्टर भएपछी र सबै यही बिधाका अनुभवी व्य...
बाम बिचारधाराका बौद्धिक वर्गले यो बिषयमा किन बोल्दैनन् ?
राजनीति, समाज

बाम बिचारधाराका बौद्धिक वर्गले यो बिषयमा किन बोल्दैनन् ?

-डा.डी.आर.उपाध्याय खनाल, काठमाडौं । यति बेला प्रदेश र संघीय निर्वाचनको चर्चा सुरु हुन थालेको छ । राजनीतिक दलहरुका आ आफना बैठक पनि चलिरहेका छन । लोकतन्त्रमा चुनाव हुनु भनेको यो एउटा सुन्दर पक्ष हो । आगामी मंसिरमा प्रदेश सभा र संघीय संसद्को अवधि सकिँदैछ। त्यसैले राजनीतिक दलहरु चुनाव केन्द्रीत हुन थालेको देखिन्छ । स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको छ । स्थानीय चुनावमा काठमाडौं, जनकपुर, धरान, धनगढीलगायतमा स्वतन्त्र उम्मेदवारले शानदार जित हासिल गरे । स्वतन्त्र उम्मेदवारले शानदार जित हासिल गरेको परिणाम बाहिर आए पछि राजनीतिक दलहरु एका एक झस्किरहेका छन । राजनीतिक दलले खडा गरेका उम्मेदवारले भन्दा स्वतन्त्र उम्मेदवारले जित हासिल गर्दा जनतामा एक खालको हौसला बढेको छ । कारण के हो ? राजनीतिक दलका नेताले सत्तामा पुगे पछि राम्रो र लोकप्रिय काम गर्न नसक्नुको परिणाम हो भनेर बुझदा हुन्छ । चुनाव खर्च...