साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको ‘इमा’ लोकार्पण
काठमाडौं । साहित्यकार तथा गीतकार कादम्बरी दाना श्रेष्ठको नवीन साहित्यिक कृति ‘इमा’ राजधानी काठमाडौंमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । आइतबार चलचित्र विकास बोर्ड परिसरमा आयोजित साहित्यिक तथा सांगीतिक वातावरणले भरिएको कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य डा. अञ्जना शाक्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने कार्यक्रमको सभापतित्व स्वयं लेखिका कादम्बरी दाना श्रेष्ठले गर्नुभएको थियो । त्यसैगरी विशिष्ट अतिथिमा इजरायली राजदुत इस्मुलीक एल्विस र श्रीमती मिरा परेडयारका साथै गीतकार संघ नेपाल का अध्यक्ष वसन्त वित्यासी थापा, संगीतकार संघ नेपाल का उपाध्यक्ष शंकर थापा ‘स्माइल’, गीतकार अम्बिका गुरुङ, गायिकाहरू मिलन नेवा, सरिता शाही, सुवर्णकेशरी महतलगायत सुन्दर योजन तामाङ, सुगन्धा माझी, पेमा डोल्मा डेल्मु,...










