पिम नेपाल फिल्म फेष्टिवलको पाँचौ संस्करण सम्पन्न
पहिलो चलचित्र आमाकी अभिनेत्री भुवन चन्दलाई दिर्घसाधना सम्मान प्रदान गर्दै पाँचौ पिम नेपाल फिल्म फेष्टिवल भब्य रुपमा सम्पन्न भएको छ । साँस्कृतिक संस्थानमा तीन दिन सम्म चलेको फेष्टिवलको समापन समारोहमा बिभिन्न बिधाका उत्कृष्ट चलचित्र, कलाकार तथा प्राबिधिकहरूलाई अवार्ड प्रदान गरिएको हो । जहाँ आर्यन सिग्देल र प्रमिला कार्कीले उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड प्राप्त गरेका छन् । फेष्टिवलमा सिग्देलले चलचित्र डिडेम्बर फल्स र कार्कीले चलचित्र बगानबाट उक्त अवार्ड प्राप्त गरेका हुन् । यस्तै चलचित्र लाखेबाट सम्राट बस्नेतले उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड प्राप्त गरे भने सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड चलचित्र प्रकाशबाट निर्देशक दिनेश राउतले प्राप्त गरेका छन् ।
चलचित्र प्रकाशबाटै सर्वोत्कृष्ट फिचर फिल्म लेखकको अवार्ड बिकास सुबेदीले प्राप्त गरे भने सर्वोत्कृष्ट भिएफएक्स आर्टिष्टको अवार्ड सम...










