Author: admin

अरमान तामाङको र्‍याप गीत ‘भावना’ सार्वजनिक
मनोरन्जन, समाचार

अरमान तामाङको र्‍याप गीत ‘भावना’ सार्वजनिक

काठमाडौं, अरमान तामाङको र्‍याप गीत ‘भावना’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक विशेष समारोहबीच विशिष्ट संगीतकार शम्भुजीत बास्कोटाको प्रमुख आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि बास्कोटाले संगीतको प्रवाहलाई कसैले रोक्न नसक्ने सदाबहार हुने भन्दै पछिल्लो समय र्‍यापमा युवापुस्ता आउनु राम्रो रहेको बताउनुभयो । उहाँले अरमानको पहिलो प्रयास भए पनि निकै राम्रो भिडियो तथा गायन रहेकाले यसले सकारात्मक सन्देश दिएको जिकिर गर्नुभयो । यस्तै विशेष अतिथि सुशील नेपालले भिडियोको सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिँदै युवापुस्ताहरू गायनमा आउनु राम्रो रहेको बताउनुभयो । अरमानको स्वर रहेको भिडियोमा फिचर्ड र संगीत विनोद ढकालको छ भने शब्द अरमान र विनोदको छ । सोनाम पाख्रिनले निर्देशन गर्नुभएको भिडियोमा अरमानलाई रिया लामाले साथ दिनुभएको छ । दिनेश पराजुलीको सिनेमाटोग्...
सिजन मिडियाले नेपालमा अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै
मनोरन्जन, समाचार

सिजन मिडियाले नेपालमा अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै

काठमाडौँ । नेपालमा आफ्नो काम र लगनका कारण विशिष्ट संस्थाका रुपमा सिजन मिडियाले आफ्नो अहम भूमिका स्थापित गरेको तथ्य सुनाउन पाउँदा हामी गौरवान्दित छौ । लामो समयदेखि सामाजिक र सास्कृतिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम गर्दै आएको सिजन मिडियाले व्यवसायीक, शैक्षिक ,सामाजिक, सास्कृतिक तथा राजनैतिक क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्व र संस्थालाई विभिन्न अवसरमा सम्मान र अवार्ड वितरण गर्दै आएको छ । यसबाट उनीहरुको मेहनत र उपलव्धीलाई थप हौसला प्रदान गर्दै आएको छ । सिजन मिडिया आफ्नो १५ औं स्थापना दिवस तथा संविधान दिवस २०८० को अवसर पारेर असोज १५ गते काठमाडौंमा एशियाली देशका सफल व्यवसायीक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ चौथो संस्करण विषयक सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्न लागेको सगौरव घोषणा गर्दछौ । सामाजिक, राजनीतिक , साँस्कृतिक ,शैक्षिक र व्यवसायीक क्षेत्रमा सफल...
मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक
मनोरन्जन, समाचार

मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक

काठमाडौं, साउन १८ । गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । विशिष्ठ संगीतकार शम्भुजित बास्कोटाको रचना र संगीत रहेको गीतमा चाद सिंहको एरेञ्ज छ । गम्भीर विष्टको निर्देशन/कोरियोग्राफ रहेकोे गीतको भिडियोमा शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, निता ढुंगाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, गोमा केसी, शिला गजुरेल, मीना लामा राकेश खड्कालगायतको अभिनय छ ।  टिमको मिहिनेतका कारण गीत र भिडियो राम्रो बनेको बताउँदै उहाँले सम्पूर्ण टिमलाई धन्यवाद दिनुभएको थियो । यस्तै, दीपाश्रीले यो गीतमार्फत यस वर्षको तीज आएको जस्तो आभास आफूले पाएको सुनाउनुभयो । तीजको गीत भन्नासाथ आफू फुरुङ भएर नाच्न जाने गरेको समेत बताउनुभयो । शम्भुजित बास्कोटासँग करिब आधा दशक चलचित्रमा काम गरेको अनुभवको कारण ...
समाजसेवी कमल ढकालको पहलमा मिर्गौला रोगबाट पीडित दुलाललाई सहयोग
समाचार, समाज

समाजसेवी कमल ढकालको पहलमा मिर्गौला रोगबाट पीडित दुलाललाई सहयोग

दुवै मिर्गौला फेल भएर उपचाररत काठमाडौं टोखा नगरपालिका वडा नं. १ का नवराज दुलाललाई आर्थिक सहयोग प्राप्त भएको छ । काठमाडौं टोखा १० स्थित श्रृजना टोल विकास समितिले दुलाललाई आर्थिक सहयोग गरेको हो । दुलाललाई सहयोग गर्न समाजसेवी एवम् संस्थाका उपाध्यक्ष कमल ढकालको महत्वपूर्ण भूमिका रहेको छ । दुलालको कमजोर अवस्था बारे झोर महाँकालका समाजसेवी दीपेन्द्र तिवारीले ढकालसमक्ष पुर्याएका थिए । दुवै मिर्गौला फेल भएर लामो समयदेखि उपचार गराइरहेका दुलाल हप्तामा दुई पटक डाइलासिस गर्दै आएका छन् । उनलाई अस्पताल जानसमेत समस्या भएको, घरमा श्रीमती पनि बिरामी भइरहने र साना दुई बच्चालाई पढाउनसमेत धौ–धौ भएको भन्दै टोल विकास समितिले सहयोग गरेको हो । सहयोग बुझ्दै दुलालले टोल विकास समितिलाई धन्यवाद व्यक्त गरे ।...
सुरेन्द्र श्रेष्ठले पूनः गाए चन्द्रराज शर्माको’हामी नदीका दुई किनारा’लाई  (भिडियो)
मनोरन्जन, समाचार

सुरेन्द्र श्रेष्ठले पूनः गाए चन्द्रराज शर्माको’हामी नदीका दुई किनारा’लाई (भिडियो)

काठमाडौं । गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको नयाँ भिडियो सार्वजनिक भएको छ। यसपालि उनले पुरानो सदाबहार गीत ‘हामी नदीका दुई किनारा’को कभर भर्सन गाएका छन्। पुराना वरिष्ठ संगीतकार चन्द्र राज शर्माद्वारा संगीतबद्ध उक्त गीतका रचनाकार सुर्य राज शर्मा हुन् भने वरिष्ठ गायक सुदेश शर्माले originally उक्त गीत गाउनु भएको थियो, भने गायक सुरेन्द्र श्रेष्ठले आफ्नै पनमा यस गीत लाई गाएका छन्। गीतको भिडियो पनि सुन्दर रहेको छ। https://www.youtube.com/watch?v=HzflG3YZzDU भिडियोमा रुपेन्द्र श्रेष्ठ तथा भिन्तुना जोशी, उजय शाही तथा मथुरा महर्जनले अभिनय गरेका छन् भने छायांकन तथा सम्पादन योवन शाक्य तथा रङ्ग संयोजन आकृष्ट शाक्यले गरेका हुन् भने सज्जा स्वेता शाक्य को रहेको उक्त भिडियो को कथा लेखन तथा निर्देशन विश्वास बज्राचार्यले गर्नु भएको छ। भिडियोको प्रस्तुति सुरमेलोडी रेकर्डिङ स्टुडियो तथा ज्योति musi...
जुबली शेर्पाले हात पारिन यो वर्षको ‘मिस नेपाल नर्थ अमेरिका’को ताज
मनोरन्जन, समाचार

जुबली शेर्पाले हात पारिन यो वर्षको ‘मिस नेपाल नर्थ अमेरिका’को ताज

अमेरिका । अमेरिकामा सम्पन्न मिस नेपाल नर्थ अमेरिका प्रतियोगितामा जुबली शेर्पा मिस नेपाल नर्थ अमेरिका २०२३ को बिजेता बनेकी छिन । १८ जना प्रतियोगीहरु वीच भएको प्रतिष्प्रर्धामा जुबलीको उत्कृष्ट प्रस्तुतीले यो उपाधि जित्न सफल भएकी हुन । उनी संगै फष्टरनरमा रजिला बास्तोला र सेकेण्डरनरमा इसा सुवेदीले उपाधी हात पारेकी छन । सोलुखुम्बु खुम्जुङकी जुब्लि नेपालमा डेफोडिल बोडिङ स्कुलको अध्ययन पछि सन २०११ मा अमेरिकामा आएका थिए । उनी अहिले म्यानहृटनस्थित हन्टर कलेजमा पोलिटिकल साइन्स विषयमा अध्ययनरत छन । ‘ मिस नेपाल नर्थअमेरिकाको उपाधि जित्न पाएकोमा धेरै खुसी लागीरहेको छ ‘ मलाई यहासम्म सहयोग गर्ने मेरो अभिभावक र सवै सहयोगीहरुलाई हादिर्क धन्यवाद दिन चाहान्छु । ‘ उनले भने-‘ नेपालमा हुदा नै मिस नेपालमा भाग लिने इच्छा थियो तर त्यतिबेला ८ बर्षको मात्र भएकोले संभव भएन । अमेरिकामा आएर मेरो मिस नेपाल हुने सपना ...
प्रिन्स अभिनित ‘अदृश्य’श्रावण १९ बाट प्रदर्शनमा आउने
मनोरन्जन, समाचार

प्रिन्स अभिनित ‘अदृश्य’श्रावण १९ बाट प्रदर्शनमा आउने

आउँदो शुक्रबार अर्थात् साउन १९ गतेदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित चलचित्र ‘अदृश्य’ प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘अदृश्य’ निर्माण समूहद्वारा आज आयोजित पत्रकार भेटघाटमा निर्देशक प्रहाल्द काफ्ले, अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रविन खतिवडा र प्रिन्स प्रसिद सिंहले चलचित्रको विषयमा जानकारी गराउनुभयो । अभिनेता अग्रहरीले चलचित्रको छायाङ्कन कोरोना महामारीकै समयमा गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी कहाँ सस्पेन्स र थ्रिलर कथामा कमै चलचित्र बन्ने गरेका छन् । एकै किसिमको भन्दा फरक प्रस्तुतीकरण दर्शकले पाउनुहुनेछ । मैले पनि चलचित्रको विधाअनुसार आफ्नो स्वरूप तयार गरेको छु ।” यसै चलचित्रमार्फत निर्देशन यात्राको प्रारम्भ गर्नुभएका निर्देशक काफ्लेले सामाजिक विषयवस्तुमा थ्रिलर प्रस्तुती दिएको बताउनुभयो । “हामीले राम्रो चलचित्र बनाउन सक्दो कोसिस गरेका छौँ । हा...
कोरियोग्राफर सन्दिप भुजेललाई ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मान’
मनोरन्जन, समाचार

कोरियोग्राफर सन्दिप भुजेललाई ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मान’

कोरियोग्राफर तथा नृत्य निर्देशक सन्दिप भुजेल ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मान-२०८०’  बाट सम्मानित भएका छन ।राजधानीमा सम्पन्न ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मानूकार्यक्रममा उनलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला साहित्य, भाषा लगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका लागि काम गर्दै आएको मण्डला ईन्टरटेनमेनट द्वाराआयोजित ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मान’मा उनले उक्त सम्मान पाएका हुन । समारोहका प्रमुख अतिथी प्रतिनिधि सभाका उप सभामुख इन्दिरा राना मगर , समारोहका विशिष्ट अतिथीहरु प्रतिनिधि सभाका साँसद रेशम लाल चौधरी ,किरण कुमार शाह ,रेखा यादवको हात बाट कोरियोग्राफर भुजेललाई सम्मान प्रदान गरिएको थियो ।डेढ दशक भन्दा लामो समय देखि नृत्य मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल साथै आफनो कलाले दर्...
मिटरब्याजीले हडपेको ७१ बिघा जग्गा फिर्ता
अर्थ/व्यापार, समाचार

मिटरब्याजीले हडपेको ७१ बिघा जग्गा फिर्ता

अनुचितल लेनदेन (मिटरब्याज) सम्बन्धी अहिलेसम्म विभिन्न ५५ जिल्लामा कूल २३ हजार नौ सय ६१ उजुरी दर्ता भएका छन् । गृह मन्त्रालयका अनुसार दर्ता उजुरीमध्ये अहिलेसम्म दुई हजार पाँच सय २० वटा उजुरीमा मिलापत्र टुङ्गिएको छ। मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले हालसम्म २२ जिल्लाबाट मिटरब्याजसम्बन्धी उजुरी नपरेको जानकारी दिए। उनका अनुसार मिलापत्रमा टुङ्गिएका उजुरीमा कूल एक अर्ब २० करोड ४६ लाख २४ हजार आठ सय १२ कारोबार भएको उल्लेख थियो। त्यही पीडितहरुमाथि साहुले भने दुई अर्ब २२ करोड २५ लाख ९२ हजार एक सय ९९ माग दाबी गरेको भेटिएको छ । त्यसमध्ये अहिलेसम्म रु ८४ करोड ३६ लाख ८३ हजार ३४ लेनदेन गर्ने गरी मिलापत्र भएको अधिकारीले बताए । मिलापत्र गरेर कूल ७१ बिघा, १९ कठ्ठा, १० धुर जग्गा साहुबाट फिर्ता भएको पनि मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव अधिकारीले जानकारी दिए।...
रोट्रयाक्ट क्लव अफ वीरगंज तथा रोटरी क्लव अफ ज्ञानेश्वरद्वारा शैक्षिक सामाग्री वितरण
शिक्षा, समाचार

रोट्रयाक्ट क्लव अफ वीरगंज तथा रोटरी क्लव अफ ज्ञानेश्वरद्वारा शैक्षिक सामाग्री वितरण

वीरगंज ,पर्सा । रोट्रयाक्ट क्लव अफ वीरगंज र रोटरी क्लव अफ ज्ञानेश्वर द्वारा आज ब्याग तथा स्टेशनरी वितरण कार्यक्रम आयोजना गरीएको थियो। वीरगञ्ज महानगरपालिका वडा नं ३० प्रसोतिपुर मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आज ब्याग तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न भएको छ। स्कूलमा पढाइ गर्ने कक्षा बाल शिक्षा देखि कक्षा पांच समको बिद्यार्थी लाई ब्याग र स्टेशनरी वितरण गरिएको छ। कक्षा बाल शिक्षा देखि कक्षा पांच २५० दुइ सय पचास जना बिद्यार्थी लाई ब्याग तथा स्टेशनरी वितरण गरिएको कुरा रोट्रयाक्ट क्लव का आयुष गुप्ताले जानकारी गराएका छन। कार्यक्रममा रोटरी क्लब अफ वीरगन्जका अध्यक्ष आरटीएन दिपक तुल्स्यान, चार्टर्ड सेक्रेटरी रोटरी क्लव अफ ज्ञानेश्वर आरटिएन सृष्टि त्रिपाठी, डिष्ट्रिक्ट रोटरी तथा रोटर्याक्ट रिलेसन चेयर आरटीआर आयुष गुप्ता , रोटर्याक्ट क्लब अफ वीरगन्जका अध्यक्ष सन्नी सर्राफ, सचिव...