Author: admin

फुर्लिमा फाउन्डेसनद्वारा जलदेवी विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री बितरण
शिक्षा, समाचार

फुर्लिमा फाउन्डेसनद्वारा जलदेवी विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री बितरण

काठमाडौं । फुर्लिमा फाउन्डेसनले आफनो बार्षिक उत्सव मनाउने क्रममा सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका ६, याङ्गलाकोट स्थित श्री जलदेवी माध्यमिक विद्यालयलाइ खेलकुद सामाग्री बितरण गरेको छ । आफ्नो दिबंगत आमा प्रति श्रध्दाञ्जलि स्वरूप स्थापित यो संस्था ले बाल बालिकाहरु को सर्वाङ्गीण विकास, नेतृत्व क्षमता विकास एवमं समाज योग्य चरित्रवान तथा नैतिकवान युवा तय गर्ने कुरा फुर्लिमा फाउन्डेसनका अध्यक्ष मिङ्मा शेर्पा बताउनु हुन्छ । यो कार्यक्रम स्थानिय लाई प्रोत्साहन गर्न तथा उनिहरु को क्षमता विकास मा सहयोग पुराउने लक्षयका साथ सम्पन भएको स्थानिय व्यक्तिहरु बताउँछन् । खेलकद सामग्रि बितरण कार्यक्रम मा श्री जलदेवी मा बिका प्रधानाध्यापक तथा कार्यक्रम का सभापति श्री धन राज तामाङ ले खेलकु सामग्रि बिद्यार्थी मा नया उर्जा थपिने तथ बाल बालिकाहरुको खेल प्रति दक्ष्यता बृद्धि हुने कुरा राख्नु भयो। कार्यक्रम...
उचाइ र धूलो :युवराज अधिकारी
मनोरन्जन, समाचार

उचाइ र धूलो :युवराज अधिकारी

उचाइ र धूलो अर्कैको पर्खालमाथिको कुर्सीमा बसेर तल-तल हेर्दै ऊ बेस्सरी कुर्लियो म देखाइदिन्छु कि म को हुँ भनेर ! यो हैसियत र विराशत आदि-आदि ढल्नै लागेको पर्खाल हेर्दै स्रोताहरू भने किचिने भयले पर-पर सर्दै थिएँ निमेषमै गर्ल्याम्म आवाज आयो धूलो र धुवाले केही देखिएन स्रोताहरू खोज्दै थिए त्यही कतै भेटिन्छ कि भनेर र पनि केही भेडाहरू भने वहा अझै माथि नै हुनुहुन्छ भनेर माथि-माथि हेर्दै थिए तर अफसोस । ऊ टुप्पी पनि नदेखिने गरी पुरिएछ सायद, धरतीमा उचाइ र धूलोबीच गहिरो नाता रहेछ । – युवराज अधिकारी,कवि तथा गीतकार...
राज मेकअप स्टुडियोले तिज विशेष कार्यक्रम गर्दै
मनोरन्जन, समाचार

राज मेकअप स्टुडियोले तिज विशेष कार्यक्रम गर्दै

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तिजको अवसरमा “राष्‍ट्रिय नारी सम्मान” कार्यक्रमको आयोजना हुने भएको छ । सौन्दर्य क्षेत्रमा लामो समयको अनुभव बटुलेको राज मेकअप स्टुडियोको आयोजनामा आउदो शुक्रवार अर्थात भाद्र २२ गते तिनकुनेस्थित रोयल बैंक्वेटमा आयोजना हुन लागेको उक्त कार्यक्रममा लामो समयदेखि आ- आफ्नो क्षेत्रमा योगदान दिने चर्चित सफल महिलाहरुलाई सम्मान गरिन लागेको आयोजक संस्थाका प्रमुख तथा वरिष्ठ सेलेब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए । वरिष्ठ गायिका तारा थापा,वरिष्ठ अभिनेत्री वसुन्धारा भुुषाल,वरिष्ठ गायिका राधिका हमाल,चर्चित गायिका जुनुु रिजाल लगायत ख्याती प्राप्त महिलाकर्मीहरुलाई प्रतिनिधी सभाका उपसभामुख ईन्दिरा रानाको प्रमुख आतिथ्यतामा राष्‍ट्रिय नारी सम्मान प्रदान गरिन लागेको हो ।लोकप्रिय कलाकारहरुको आकर्षक प्रस्तुती समेत रहने उक्त कार्यक्रममा विशेष मनोरन्जनात्मक एवं ...
फोन पे को ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ अभियान
अर्थ/व्यापार, समाचार

फोन पे को ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ अभियान

फोन पेले ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ नामक अभियानको  घोषणा गरेको छ । यसको उद्देश्य एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा ग्राहकहरूलाई सचेत गराउनु रहेको कम्पनीले जनाएको छ । ‘मोबाइल नम्बर भए पुग्छ’ भन्ने ट्यागलाइनमा आधारित यस अभियानले आफ्नो  मोबाइलबाट पैसाको आदान प्रदान गर्दा उक्त कारोबार छिट्टो र सुरक्षित रहने कुरामा विशेष प्राथमिकता दिएको कम्पनीको भनाई छ । यस अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई कसरी फोन पे डिरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ भन्ने बारे शिक्षित गर्नु हो । यसमा मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत क्यूआरजस्ता तरिकाहरू रहेका छन् । भाद्र महिना भरि चलिरहने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरू ले फोन पे को फोन पे  डिरेक्ट  सुविधा प्रयोग गर्नुपर्ने शर्त लागु...
‘मिसेस नेपाल वल्र्ड २०२३’को फिनालेमा ‘मिसेस वल्र्ड’ सरगम कौशल आउने
मनोरन्जन, समाचार

‘मिसेस नेपाल वल्र्ड २०२३’को फिनालेमा ‘मिसेस वल्र्ड’ सरगम कौशल आउने

काठमाडौं ।  ‘मिसेस नेपाल वल्र्ड २०२३’को फिनालेमा ‘मिसेस वल्र्ड २०२२’ सरगम कौशलले सहभागिता जनाउने पक्का भएको छ । आयोजक रिबन इन्टरटेनमेन्टले मिसेस वल्र्ड कौशलले सम्बोधन गरेको भिडियो सन्देश सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो । कार्तिक पहिलो साता राजधानीमा आयोजना हुने फिनालेमा मिसेस वल्र्ड कौशलका अलवा नेपालका ख्यातिप्राप्त ब्यक्तित्वहरुको पनि उपस्थिति रहने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराएका छन् । विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्डको विजेताले अमेरिकामा हुने मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन् । यसका साथसाथै, सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने अफिसियल कोरियोग्राफर अश्विनीकान्त झाले बताए । प्रतियोगिताका लागि आगामी भाद्र १६ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल हो...
१२ औं संस्करणको ‘लिटिल आइकन नेपाल’ सम्पन्न
मनोरन्जन, समाचार

१२ औं संस्करणको ‘लिटिल आइकन नेपाल’ सम्पन्न

ए.एन.पी. मिडिया हाउसद्वारा आयोजित १२ औं संस्करणको ‘लिटिल आइकन नेपाल, २०२३’ को अन्तिम स्पर्धा सम्पन्न भएको छ। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न  बालबालिकाहरुको सौन्दर्य तथा प्रतिभा प्रस्फुटन सम्बद्द सौन्दर्य प्रतियोगितामा तनुजा चौधरी, काब्या श्रेष्ठ, सामिक महर्जन र मुस्कान कटुवालले क्रमशः जुनियर गर्ल्स, सिनियर गर्ल्स, बोईज ग्रुप र टिन गर्ल्स तर्फको शिर्ष उपाधी हात पारे। शिर्ष ताजसंगै बिजेता चौधरीले मेनेजमेन्ट च्वाइस, श्रेष्ठले पब्लिक चोईस वीनर, मस्ट ट्यालेन्ट र मस्ट कन्फिडेन्ट, महर्जनले फेसबुक चोईस र बेस्ट सिङ्गर तथा कटुवालले बेस्ट डान्सतर्फको अवार्ड समेत हात पार्न सफल रहे। सुमी बानियाको कोरियोग्राफी रहेको कार्यक्रमलाई रोजिन शाक्यले संचालन गरेका थिए । शम्भु प्रसाद रेग्मी संयोजक रहेको उक्त प्रतियोगितामा शिक्षाविद डा. लाक्पा शेर्पा, शिक्षाविद दायाराम दाहाल, प्रिन्सीपल सं...
एनआरएनएको महिला उपाध्यक्षमा यासमीनले पुनः उम्मेदवारी दिदै
अर्थ/व्यापार, समाचार

एनआरएनएको महिला उपाध्यक्षमा यासमीनले पुनः उम्मेदवारी दिदै

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्षमा यासमीन बेगम सैयदले पुनः उम्मेदवारी दिने भएकी छन् ।संघको आगामी अक्टोवर दोस्रो साता काठमाण्डौंमा हुने ११ औं महाधिवेसनमा उनले पुनः उम्मेदवारी दिने भएकी हुन् । उनी वर्तमान कार्यसमितिमा समेत महिला उपाध्यक्ष हुन । संघको आगामी महाधिवेसनमा क्षेत्रीय संयोजक र सहसंयोजक सहित ५ दर्जन पदमा निर्वाचन हुने भएको छ । संघले सो निर्वाचन सम्पन्न गर्न ७ सदस्य निर्वाचन समिति गठन गरेको छ । स्याङ्गजा घर भई हाल साऊदी अरब रहेर विभिन्न व्यबसाय गर्दै आईरहनु भएकी बेगमले उपाध्यक्षमा पुन उम्मेदवारी दिने इच्छा ब्यक्त गर्नु भएको छ । लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय बेगमले आफ्नो कार्यकालमा गरेको विभिन्न कामको प्रशंसा हुदै आएको छ । गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आउनु भएकी बेगमले संघको आगामी अक्टोवर दोस्रो साता काठमाण्डौंमा हुने ११ औ अन्तर...
आफ्नो कर्तव्यमा सधैँ निडर एक सिपाही एआईजी सन्दीप
समाचार, समाज

आफ्नो कर्तव्यमा सधैँ निडर एक सिपाही एआईजी सन्दीप

चारित्रिक चेतना हुनका लागि चरित्रशिल हुनुपर्दछ । एउटा कार्यक्षेत्रमा सफल हुनका लागि चरित्रनिर्माण पहिलो खुड्किलो हुनआउँछ । जसरी ठूला–ठूला भवन निर्माणका लागि मजबुत जग हुन अनिवार्य हुन्छ तयसरी नै आफ्नो क्षेत्रमा कुशल नेतृत्व र कार्यका लागि चरित्रनिर्माण मुख्य कुरा हो । यस्तै नेपाल प्रहरीमा एक चरित्रवान, सक्षम तथा कार्यकौशलमा निपुण नाम रहेको छ सन्दीप भण्डारी । संगठनले लामो समयसम्म भावी नेतृत्वको प्रवल दाबेदारको रुपमा प्रस्तुत गर्दै उनलाई लगेको थियो । प्रहरी निरीक्षेकदेखि वरिष्ठ प्रहरी उपरिक्षेक हुँदासम्म उनी कामकै बलमा आफ्नो समूहमा अग्रपंक्तिमा (अक्सर एक नम्बर) मै रहँदै आए । तर, नायव महानिरीक्षेक हुने बेलामा भने राजनीतिक प्रशासनिक शक्ति केन्द्रको रोजाइमा पर्न नसकेर अकल्पनीय ढंगले पछाडि पारिए । योग्यता, क्षमता लगनशीलतामा अब्बल सन्दीप भण्डारीमाथि भएको त्यो अन्यायले सिंगो संगठन नै दुःखी भयो । तर...
पुजनको तिज गीत ‘ए आमा गाउँदै नाच्ने हो’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

पुजनको तिज गीत ‘ए आमा गाउँदै नाच्ने हो’सार्वजनिक(भिडियो)

हिन्दु नारीहरूको महान् पर्व मानिएको तीजका सन्दर्भलाई समेटेर गायिका पुजन काफ्लेले तीज गीत तयार गरेकी छिन । ‘ए आमा गाउँदै नाच्ने हो’ बोलको तीज गीत गायिका काफ्लेकै शब्द समेत रहेको छ भने संगीत आरसी रिमालले दिएका छन् ।  भिडियोमा गायिका काफ्लेसँगै मैया काफ्ले, कल्पना पाण्डे, पुनम काफ्ले, स्मृति भुजेल, कृति भुजेल, एलिजा काफ्ले, सरस्वती तामांग, एन्जल काफ्ले, तारा लामा, उषा काफ्ले लगायतका कलाकारले अभिनय गरेका छन् । शेरबहादुर डिसीको निर्देशनमा तयार भएको भिडियोमा शिवन पोखरेलको नृत्य निर्देशन, सुशील डाँगीको छायांकन, निराजन केसीको सम्पादन तथा कलर करेक्सन, सृष्टी थापा मगरको मेकअप एण्ड हेयर रहेको छ । गायिका काफ्लेकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत आउँदो तीजमा दर्शक तथा स्रोताको रोजाईमा पर्ने विश्वास व्यक्त गरिएको छ । https://www.youtube.com/embed/2nbGWA6EYz8...
‘मिसेस नेपाल आईकन २०२३’ को उपाधि मेरीशा सुवाल मालाकारले हात पारिन
मनोरन्जन, समाचार

‘मिसेस नेपाल आईकन २०२३’ को उपाधि मेरीशा सुवाल मालाकारले हात पारिन

काठमाडौं । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न सातौँ संस्करणको ‘मिसेस नेपाल आईकन २०२३’ को उपाधि काठमाडौंकी क्षेत्रपाटी, धोबिचौरकी मेरीशा सुवाल मालाकारले हात पारेकी छिन । एएनपी मिडियाद्वारा आयोजित समरोहमा महिला सशक्तिकरणलाई कसरी वर्णन गर्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै मेरीसाले शिर्ष उपाधि जित्न सफल भएकी हुन । उनले उपाधीसंगै मस्ट पपुलर, बेस्ट डान्स र मस्ट पङ्चुअल अवार्डसमेत जितेकी छन । साथै बिजेताले शिर्ष ताजसंगै नगद रु पचास हजारसहित आकर्षक गिफ्ट ह्याम्परहरु समेत प्राप्त गरीन । सुमी बानियाँको कोरियोग्राफी तथा रोजिन शाक्यको संचालनमा सम्पन्न प्रतियोगितामा गायिका सत्यकला राई, राष्ट्रिय तथा अन्तराष्ट्रिय नृत्यकार सीता सुवेदी र मोडल तथा संचारकर्मी अरुणा सुवेदी निर्णायक रहेका थिए । प्रतियोगिताको संयोजक शम्भु प्रसाद रेग्मी तथा इभेन्ट मेनेजर लबिश कुमार कार्कीको मेनेजमेन्...