Author: admin

‘तीन तीघ्रे क्या बिग्रे’मा बेगम नेपाली अनुबन्धित
मनोरन्जन, समाचार

‘तीन तीघ्रे क्या बिग्रे’मा बेगम नेपाली अनुबन्धित

काठमाडौं । टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत ‘भटभटे माइला’को चरित्रबाट दर्शकमाझ अत्यन्त लोकप्रिय बनेका कमेडियन बेगम नेपाली अब पहिलो पटक ठूलो पर्दामा नायकका रूपमा देखिने भएका छन्। उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा मुख्य भूमिकाका लागि अनुबन्धित भएका हुन्। वर्षौंदेखि टेलिभिजन, डिजिटल माध्यम र विभिन्न मञ्चमार्फत आफ्नो विशिष्ट हास्य प्रस्तुति दिँदै लाखौँ दर्शकको मन जितेका बेगम नेपालीका लागि यो चलचित्र अभिनय यात्राको नयाँ अध्याय बन्नेछ। सानो पर्दामा ‘भटभटे माइला’ का रूपमा स्थापित उनी पहिलो पटक मुख्य नायकको भूमिकामा देखिन लागेका कारण निकै उत्साहित रहेका छन् । अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रको छायाङ्कन यही सातादेखि सुरु हुने तयारी गरिएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्। निर्माता सापकोटाका...
प्रभात लामाको डेब्यु नायकका रूपमा, ‘तीन तीघ्रे क्या बिग्रे’मा अनुबन्धित
मनोरन्जन, समाचार

प्रभात लामाको डेब्यु नायकका रूपमा, ‘तीन तीघ्रे क्या बिग्रे’मा अनुबन्धित

काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा लोकप्रिय कमेडियन प्रभात लामा मुख्य भूमिकाका लागि अनुबन्धित भएका छन्। टेलिभिजन, डिजिटल प्लेटफर्म तथा विभिन्न मञ्चमार्फत लाखौँ दर्शकलाई आफ्नो कमेडी प्रस्तुत गर्दै लोकप्रियता हासिल गरेका प्रभात लामा यस चलचित्रमार्फत पहिलो पटक नायकको भूमिकामा देखिन लागेका हुन्। उनको अभिनयले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास निर्माण टिमले लिएको छ। फिल्ममा अनुबन्धित भएपछि प्रभातले चलचित्र अभिनयलाई लिएर निकै उत्साहित रहेको बताएका छन्। अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्ने यस चलचित्रको छायाङ्कन यही सातादेखि सुरु हुने तयारी गरिएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्। निर्माता सापकोटाका अनुसार चलचित्रमा नेपाली मनोरञ्जन क्षेत्रका अन्य चर्चित तथा लोकप्रिय कलाकारहरूको पनि सशक्त उपस्थिति रहनेछ...
डा. पोखरेल, वियोगी र न्यौपानेलाई डायमनशमशेर राणा प्रतिभा सम्मान
समाचार, समाज

डा. पोखरेल, वियोगी र न्यौपानेलाई डायमनशमशेर राणा प्रतिभा सम्मान

उपन्यासकार डायमनशमशेर राणाको १०९औँ जन्मजयन्तीका अवसरमा डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानले राणाका ऐतिहासिक उपन्यासका विषयमा विद्यावारिधि गरेका डा. टीकाराम पोखरेल, उनका विषयमा ‘डायमनश्री’ महाकाव्य लेखेका माधव वियोगी र राणाका विषयमा खोज अनुसन्धान गरेका उपप्राध्यावक डा. विष्णु न्यौपानेलाई डायमनशमशेर राणा प्रतिभा सम्मान÷पुरस्कार प्रदान गरेको छ ।डायमनशमशेर राणाका ऐतिहासिक उपन्यासमा इतिहास र कल्पनाको प्रयोगको सीमा, त्यसको ऐतिहासिकता र ऐतिहासिक उपन्यासमा औपन्यासिक शिल्प र कलाको तादाम्यता कसरी हुनुपर्छ र इतिहास र उपन्यास बिचको सन्तुलन कसरी कायम गर्नुपर्छ भन्ने कुराको सैद्धान्तिक आधारमा पोखरेलले डायमनशमशेरको उपन्यासहरुको अध्ययन गरी वि. सं. २०६६ सालमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको हो । यसैगरी वियोगीले डायमनशमशेरको जीवनी र कृतिलाई आधार मानी डायमनशमशेरलाई महाकाव्यको नायकको रुपमा ...
“रातो घेरा – द रेड सर्कल” को शुभमुहूर्त , असार २५ देखि छायांकन सुरु हुने
मनोरन्जन, समाचार

“रातो घेरा – द रेड सर्कल” को शुभमुहूर्त , असार २५ देखि छायांकन सुरु हुने

काठमाडौं । निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको चलचित्र “रातो घेरा – द रेड सर्कल” को आज बिहीबार पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ । असार २५ गतेदेखि छायांकनमा जाने फिल्मको बिहिवार विधिवत रूपमा पटकथा पूजा गर्दै शुभारम्भ गरिएको हो । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर सहित करिब दुई दर्जन कलाकारहरूको अभिनय रहने यस चलचित्रको निर्माण विश्राम फिल्म्स प्रा. लि. को ब्यानरमा निर्माण हुन लागेको हो । अधिकांश छायांकन काठमाडौं उपत्यकामा गरिने निर्माण पक्षले जनाएको छ भने चलचित्रको प्रदर्शन मिति समेत तय भइसकेको छ । चलचित्र आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने छ । निर्देशक अनिल बुढा मगरका अनुसार चलचित्र सामाजिक तथा भावनात्मक पक्षमा आधारित कथा प्रस्तुत गर्नेछ । सत्य घटनामा आधारित भएर निर्माण भइरहेको यस फिल्मलाई अझ भव्य, कथात्मक रूपमा सशक्त तथा प्राविधिक रूपमा उ...
मनोरन्जन, समाचार
तामाङ महिलाहरूको कला र संस्कृति प्रबर्द्धनका लागि 'मिसेस तामाङ २०२६' को घोषणा काठमाडौँ । तामाङ समुदायका विवाहित गृहिणी तथा व्यावसायिक महिलाहरूमा रहेको प्रतिभा, आत्मविश्वास र सांस्कृतिक पहिचानलाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ सौन्दर्य प्रतियोगिता ‘मिसेस तामाङ २०२६’ (Mrs. TAMANG 2026 Season- 5) को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आयोजकका अनुसार यस वर्षको ‘ग्रान्ड अडिसन’ छिट्टै नै सुरु हुँदैछ। एस.के. इन्टरटेनमेन्ट (SK Entertainment) को प्रस्तुतिमा आयोजना हुन लागेको यो प्रतियोगिता पूर्ण रूपमा नि:शुल्क (FREE) रहनेछ। प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक आकांक्षीहरूका लागि आवेदन फारमदेखि प्रशिक्षणसम्मको सम्पूर्ण व्यवस्था नि:शुल्क गरिएको आयोजक तथा वरिष्ठ महिला समाजेवी शान्ता कुमारी तामाङ्गले जनाएका छिन । व्यावसायिक सौन्दर्य प्रतियोगिताहरूमा हुने चर्को शुल्कका कारण प्रतिभावान महिला...
‘हिरोइन मिनाकुमारी’ गीति एल्बम रिलिज, सांस्कृतिक संरक्षणमा जोड
मनोरन्जन, समाचार

‘हिरोइन मिनाकुमारी’ गीति एल्बम रिलिज, सांस्कृतिक संरक्षणमा जोड

धनगढी। ए.एस. उडान फिल्म प्रोडक्सन प्रा.लि.को प्रस्तुतिमा तयार गरिएको डोटेली भाषाको गीति एल्बम ‘हिरोइन मिनाकुमारी’ एक विशेष समारोहका बीच भव्य रूपमा सार्वजनिक गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि सु.प. प्रज्ञा प्रतिष्ठानका संस्थापक उपकुलपति तथा संस्कृतिविद् डा. टी.एन. जोशीले एल्बमको औपचारिक विमोचन गर्दै सुदूरपश्चिमको भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता सिर्जनात्मक प्रयासले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी राजकुमार जोशी, सनराइज टिभीका CEO दीप श्रेष्ठ, प्रबन्ध निर्देशक उत्तम थापा, विभिन्न सांस्कृतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरू, कलाकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता तथा उद्घोषण ए.एस. उडान फिल्म प्रोडक्सन प्रा.लि.का अध्यक्ष तथा सुदूरपश्चिमका प्रथम नायक अम्बिका प्रसाद आ...
बालप्रतिभाको उत्सव: नेशनल किड्स एण्ड टिन्स सुपरस्टार–३ सम्पन्न, विजेतालाई अन्तर्राष्ट्रिय मञ्च
मनोरन्जन, समाचार

बालप्रतिभाको उत्सव: नेशनल किड्स एण्ड टिन्स सुपरस्टार–३ सम्पन्न, विजेतालाई अन्तर्राष्ट्रिय मञ्च

काठमाडौं । बालबालिकाको व्यक्तित्व विकास, नेतृत्व क्षमता, आत्मविश्वास तथा अन्तरनिहित प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यसहित आयोजित ‘नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन–३’ को ग्रान्ड फिनाले शुक्रबार राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भएको छ। व्ल्याकवर्ड ईन्टरटेनमेन्टको आयोजनामा तथा कसविज हर्वल्सको टाइटल स्पोन्सरशिपमा सम्पन्न प्रतियोगितामा ललितपुर जिल्लाका २५ विद्यालयका ४० जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगिताअन्तर्गत जुनियर गर्ल्स समूहमा १६, ब्वाइज समूहमा ११ तथा सिनियर गर्ल्स समूहमा १३ जना प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा गायन, नृत्य, व्यक्तित्व विकास, स्टेज प्रस्तुति, आत्मविश्वास, प्रश्नोत्तर तथा विभिन्न सिर्जनात्मक चरणमार्फत सहभागीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। ग्रान्ड फिनालेमा प्रस्तुत भएका आकर्षक सांस्कृतिक कार्यक्रम, नृत्य तथा ...
ट्रेड भिजन कार्गो एण्ड कुरियर प्रा.लि.को भव्य उद्घाटन
अर्थ/व्यापार, समाचार

ट्रेड भिजन कार्गो एण्ड कुरियर प्रा.लि.को भव्य उद्घाटन

काठमाडौं,— नेपालको अन्तर्राष्ट्रिय कार्गो तथा कुरियर क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने उद्देश्यसहित ट्रेड भिजन इन्भेष्टमेन्ट कम्पनीद्वारा प्रवर्द्धित ट्रेड भिजन कार्गो एण्ड कुरियर प्रा.लि. को औपचारिक शुभारम्भ आज काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासस्थित कार्यालयमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन ट्रेड भिजन इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष विनोद भट्टराई तथा चर्चित गायिका सरिका घिमिरेको विशेष उपस्थितिमा रिबन काटेर गरिएको थियो। कार्यक्रममा उडान कार्गो, सारथी कार्गो, युनिका कार्गो, नेपाल रक्तदाता संघ, नेपाल चलचित्र पत्रकार संघकी गीता अधिकारी, गायक गौरव दर्पण, व्यवसायी युवराज श्रेष्ठ, गोपाल बिष्ट लगायत विभिन्न व्यवसायिक तथा सामाजिक संघ–संस्था, स्थानीय बासिन्दा, व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नवस्थापित कम्पनीको सफलताको कामना गर्दै आगामी दिनमा संस...
सुदूरपश्चिमका पहिलो नायक अम्बिका आचार्य अभिनीत ‘हिरोइन मिनाकुमारी’ सार्वजनिकको तयारीमा
मनोरन्जन, समाचार

सुदूरपश्चिमका पहिलो नायक अम्बिका आचार्य अभिनीत ‘हिरोइन मिनाकुमारी’ सार्वजनिकको तयारीमा

धनगढी। सुदूरपश्चिमको भाषा, संस्कृति र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित तयार पारिएको डोटेली भाषाको नयाँ गीत ‘मिनाकुमारी’ छिट्टै सार्वजनिक हुने भएको छ। ए.एस. उडान फिल्म प्रोडक्सनको पहिलो प्रस्तुतिका रूपमा निर्माण गरिएको उक्त गीतको सम्पूर्ण प्राविधिक कार्य सम्पन्न भइसकेको निर्माण पक्षले जनाएको छ। ‘जैल सम्म माइत रन्छ मिनाकुमारी, नत भयौं तमरी नत हमरी…’ बोल रहेको गीतको छायांकन सुदूरपश्चिमका विभिन्न रमणीय स्थानहरूमा गरिएको छ। निर्माण टिमका अनुसार छायांकनका क्रममा स्थानीय दर्शकले गीत गुनगुनाउँदै नाचगानमा सहभागिता जनाएको दृश्यले गीतप्रतिको उत्साह र आकर्षण झल्काएको थियो। गीतमा चर्चित गायक दिलबहादुर बि.क. को स्वर रहेको छ। नेपाली तथा भारतीय सांगीतिक क्षेत्रमा सक्रिय रहेका उनले यसअघि पनि विभिन्न चर्चित गीतमार्फत आफ्नो छुट्टै पहिचान बनाइसकेका छन्। ए.एस. उडान फिल्म प्रोडक्सनका मेनेजिङ डा...
सेलेब्रिटी मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई भारतमा अन्तर्राष्ट्रिय सम्मान
समाचार, समाज

सेलेब्रिटी मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई भारतमा अन्तर्राष्ट्रिय सम्मान

नेपालका चर्चित सौन्दर्यकर्मी, सेलेब्रिटी मेकअप आर्टिष्ट तथा अन्तर्राष्ट्रिय इभेन्ट डाइरेक्टर टेकराज पाण्डे भारतको उत्तराखण्डमा आयोजित ‘आइकन अफ देवभूमि अवार्ड–२०२६’ बाट विशेष सम्मानित भएका छन्। उनलाई नेपाल र भारतमा सौन्दर्य क्षेत्रको विकास, दक्ष जनशक्ति उत्पादन तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न पुर्‍याएको योगदानको कदर गर्दै ‘नेपालकै सर्वोत्कृष्ट मेकअप ट्रेनर तथा सेलेब्रिटी मेकअप आर्टिष्ट’ को सम्मान प्रदान गरिएको हो। नेपालबाट उक्त अवार्ड जित्न सफल हुने एक मात्र नेपाली मेकअप तथा सेलीब्रेटी मेक अप आर्टिष्ट हुन । कुमाऊँ केसरीद्वारा आयोजित भव्य समारोहमा विभिन्न देशका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिबीच पाण्डेलाई सम्मान गरिएको थियो। आयोजकले सौन्दर्यकला, फेसन, प्रशिक्षण तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता र कार्यक्रममार्फत नेपालको गरिमा बढाउन खेलेको भूमिकाको उच्च मूल्...