Author: admin

गायक युवराज छन्त्यालको पञ्चेबाजा गीत ‘बाग्लुङ बुर्तीवाङमा’(भिडियो)
मनोरन्जन, समाचार

गायक युवराज छन्त्यालको पञ्चेबाजा गीत ‘बाग्लुङ बुर्तीवाङमा’(भिडियो)

लोक तथा दोहोरी गायक युवराज छन्त्यालको पञ्चेबाजा गीत ‘बाग्लुङ बुर्तीवाङमा’ बोलको गीत सार्बजनिक गरेका छन् । सार्बजनिक गीतमा उनको आफ्नै शब्द र स्वर रहेको छ भने गीतमा उनलाई तिर्सना घर्ती मगरले स्वरमा साथ दिएकी छिन् । त्यस्तै गीतमा सुर्य खड्काको लय, कुमार थापाको एरेन्ज, रेकर्ड, मिक्सिङ रहेको छ । गीतलाई सुजन म्युजिकल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । https://www.youtube.com/watch?v=eaQlHfZig_0 भिडियोलाई शिवान पोखरेलले निर्देशन गरेका छन । भिडियोमा शिबन पोखरेल, अस्मिता राना, सारिका के सी, निर्मल क्षेत्री, उषा सुवेदी, गृवान बानिया, कुल बहादुर ओलि, भिम के सि लगायतको अभिनय रहेको छ । भिडियोलाई गायक युवराज छन्त्यालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । प्रवासमा रहेर पनि दर्जनौं हिट गीत मार्फत दर्शक श्रोताको माया बटुलिसकेका गायक छन्त्याल यस भिडियोबाट पनि उस्तै माया पाउ...
नारायण थापाको स्वरमा ‘परिणाम नखोज तिमी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

नारायण थापाको स्वरमा ‘परिणाम नखोज तिमी’ सार्वजनिक(भिडियो)

नारायण थापाको स्वरमा रहेको गीत ‘परिणाम नखोज तिमी’ सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द गायक थापाकै संगीत पुष्कर सुनुवारको एरेन्ज बिप्लभ अधिकारीको मिक्सिङरमास्टरिङ रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । मेलोडी नेपाल रेकर्डिंङ स्टुडियोमा रेकर्ड भएको यो गीत आभूषण इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ‘समाज एवं घर(परिवारभित्र हुने आर्थिक उतार–चढाब, त्यसले निम्त्याउने समस्या र महत्वाकांक्षालाई गीतमार्फत उधिन्ने कोशिश गरेका छौं । एउटा प्रेमिका वा श्रीमतीले परिवार समाजभित्र देखेको भोगेको आर्थिक असन्तुलन, गुनासोलाई एक सच्चाप्रेमीबाट अभिव्यक्त प्रेमभाव र सम्बोधन नै गीतको मुख्य सार हो’, गायक थापा भन्नुहुन्छ । https://youtu.be/j9Q3mFkykD8 ‘सोह्रै शृंगार, तिमीलाई नै, कुनै दिन त, रातभरि, आज मृत्युले मलाई’लगायत करिब पाँच दर्जनभन्दा पढी गीतमा स्वर दिनुभएका भएक...
सुमी पराजुली र प्रताप दासको ‘माया गर्ने तरिका सार्वजनिक'(भिडियो)
मनोरन्जन, समाचार

सुमी पराजुली र प्रताप दासको ‘माया गर्ने तरिका सार्वजनिक'(भिडियो)

काठमाडौं ।  गायिका सुमी पराजुलीको नयां गीतको भिडियो सार्वजनिक भएको छ । गायिका पराजुली तथा गायक प्रताप दासको स्वरमा रहेको ‘माया गर्ने तरीका’.. बोलको गीतको भिडियो गायिका स्वयंकै युट्यूब च्यानल सुमी पराजुली ‘SUMI PARAJULI’ बाट सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलको रचना र  संगीतमा तयार भएको गीतको भिडियोलाई मुस्कान ढकालले निर्देशन गरेका हुन । रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्तम हुमागाई तथा सम्पादन विकास दाहालले गरेका हुन । मोडल कविता नेपाली तथा मोडल रमेश विश्वकर्मा फिचर्ड भिडियोलाई दर्शक श्रोताले रुचाउनेमा आफु विश्वस्त रहेको गायिका पराजुलीले बताईन । चुम्मा चपक्कै, सोल्टी, लुकामारी जस्ता लोकप्रिय गीतहरु गाईसकेकी गायिका पराजुलीले थुप्रै गीतहरु दर्शक श्रोता समक्ष प्रस्तुत गरिसकेका छिन । https://www.youtube.com/watch?v=5zNFxWQ2pVU...
सौगातजंग थापा र अनु चौधरीको ‘वाचा तोड्दिन म’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सौगातजंग थापा र अनु चौधरीको ‘वाचा तोड्दिन म’ सार्वजनिक(भिडियो)

काठमाडौं ।  गायक सौगात जंग थापा र गायिका अनु चौधरीको स्वरमा ‘वाचा तोड्दिन म’ बोलको गीत सार्वजनिक भएको छ ।गीतकार नवीन कुमार शाहीको शव्दमा रहेको गीतलाई गायक थापा स्वयंले संगीत दिएका छन ।अनुजा सिंह र ज्ञानु नेपाली फिचर्ड भिडियोलाई चक्र बहादुर बरालले छायांकन गरेका हुन भने अमृत चापागाईले सम्पादन गरेका हुन । https://youtu.be/MVQuL5CojQ0 खगेन्द्र गिरीले सहायक निर्देशन गरेको भिडियोलाई श्रृजन बराल(ऋषी)ले निर्देशन गरेका हुन । भिडियो नविन कुमार शाही को आफ्नै नामको युट्यूबबाट सार्वजनिक भएको छ ।...
चलचित्र ‘एक्टर’ आगामी माघ ५ गतेबाट देशभर प्रदर्शनमा
मनोरन्जन, समाचार

चलचित्र ‘एक्टर’ आगामी माघ ५ गतेबाट देशभर प्रदर्शनमा

काठमाडौं २१ मंसिर । बिभिन्न स्थानहरुमा भएको बिशेष प्रदर्शनमा अत्याधिक रुचाईएको चलचित्र ‘एक्टर’ आगामी माघ ५ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने भएको छ । आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण चलचित्र ‘एक्टर’ मा प्रिन्स थापा, शिवानी गीरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ भने चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ । बरिष्ट टिभि पत्रकार मनोहरी थापा निर्माता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व, माइकल चन्दको नृत्य, युवराज राई र डम्बर राईको छायाँकन, मदन घिमिरेको निर्देशन रहेको छ । नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘एक्टर’ नायक प्रिन्स थापाको डेब्यु चलचित्र हो ।...
नेपालगंजमा फेसियल हाउसको शाखा विस्तार
अर्थ/व्यापार, समाचार

नेपालगंजमा फेसियल हाउसको शाखा विस्तार

नेपालगंजमा फेसियल हाउसले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । नेपालगंज शाखाको उद्घाटन नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी र वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी संचालिका सुष्मा महराले संयुक्त रूपमा गरेका हुन् । नेपालकै नम्बर १ ब्यूटी सैलुनको रूपमा परिचित फेसियल हाउसले उत्कृष्ट सेवा र आधुनिक प्रविधि प्रयोग गरी सौन्दर्य प्रेमीहरूको विश्वास जित्दै आएको छ ।  देशभर शाखा विस्तार गर्ने योजना अनुसार यो नयाँ शाखा खोलिएको फेसियल हाउसका संचालक महराले जानकारी गराईन् । काठमाडौंमा मुख्य कार्यालय रहेको फेसियल हाउसले पोखरा, चितवन, धनगढी,सुर्खेत लगायतको शहरहरुमा शाखा विस्तार गरी सकेको छ । यो शाखा विस्तारले नेपालगंजका स्थानीय ग्राहकहरूलाई विश्वस्तरीय फेसियल, स्किनकेयर, हेयरस्टाइलिङ, र सौन्दर्यसम्बन्धी अन्य सेवाहरू सजिलै उपलब्ध गराउने कम्पनीले जनाएको छ । फेसियल हाउसकी संचालिका सु...
नयाँ बानेश्वरमा खुल्यो ‘इनस्टाइल ब्युटी’, एक महिनासम्म २५ प्रतिशत छुट दिईने
अर्थ/व्यापार, समाचार

नयाँ बानेश्वरमा खुल्यो ‘इनस्टाइल ब्युटी’, एक महिनासम्म २५ प्रतिशत छुट दिईने

नयाँ बानेश्वरको छक्कुबक्कुमार्गमा इनस्टाइल ब्युटी हब खुलेको छ । नायिका रेखा थापाले सोमबार सलोनको उद्घाटन गरेकी छिन् । दुबईमा एक दशक भन्दा बढी समय काम गरेर फर्किएकी लक्ष्मी तामाङले यस सलोनलाई सञ्चालनमा ल्याएकी हुन् ।महिला र पुरुष दुबैका लागि लक्षित गर्दै खुलेको इनस्टाइल ब्युटी हबका निर्देशक इन्द्र तामाङ र राज कार्की रहेका छन् । सञ्चालक तामाङले लामो समय विदेशमा बस्दा सिकेका ज्ञान, सीपको स्वदेशमा उपयोग गर्ने बताईन् । उनले मेकअपबारे बिभिन्न अन्तर्राष्ट्रिय स्तरका तालिम पनि लिएकी छिन् । इनस्टाइल ब्युटी हबले आफ्ना सेवाहरुमा २५ प्रतिशत छुटको अफर ल्याएको छ । यस्तै मेकअप सम्बन्धि तालिमबारे ५० प्रतिशतसम्म छुट हुने घोषणा गरेको छ । यसैगरी वार्षिक रुपमा ५ जनालाई निःशुल्क छात्रबृत्ति दिईने सञ्चालक तामाङले बताईन् । ‘इनस्टाइल ब्युटी हबले विदेशकै गुणस्तर र सेवा प्रदान गर्नेछ ।’ तामाङले भनिन्, ‘हामीले प्...
प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई” सार्बजनिक(भिडियो)
मनोरन्जन, समाचार

प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई” सार्बजनिक(भिडियो)

काठमाडौं ।  पछिल्लो समयकि ब्यस्त र चर्चित कलाकार प्रतिक्षा काफ्ले र जिवन आचार्य अभिनित नया गीत”हेरें सानूलाई”को म्युजिक भिडियो सार्वजनिक भएकोछ युआर म्युजिकको प्रस्तुतिमा उर्मिला बस्नेत र कृष्ण भट्टराईको स्वर रहेको गीतको भिडियो रिलिज भएको हो । शंकर अधिकारी घायलको गीत र निर्देशनमा निर्माण भएको गीतमा बिकास चौधरीको संगीत,संजय हमालको एरेन्ज,गोबिन्द सोनिको मिक्सिङ मास्टरिंग,अजय अधिकारीको रेकर्डिङ,बिमल ढकालको छायांकन,राजन महर्जनको कोरियोग्राफी,ललित सिंह साउदको सम्पादन रहेकोछ भने, मदन न्यौपानेको मेकअप रहेको गीतलाई गायिका उर्मिला बस्नेतको युटुव च्यानल यु आर म्युजिक बाट रिलिज गरिएको छ । तिम्रो आकर्षणले,आँखामा निद,नघोच यो छाती,तिमीलाई नै लगायत २ दर्जन भन्दाबढि म्युजिक भिडियो दर्जनौं र्याम्प शो टिभिसी र टेलिचलचित्रहरुमा अभिनय गरिसक्नु भएकि प्रतिक्षा काफ्लेको यो हावा चंचल हुन्छ,खतरा होला नि,...
विलास खत्रीलाई थाइलैण्डमा ‘कर्पोरेट ट्रेनर अफ द इयर’ को अवार्ड
अर्थ/व्यापार, समाचार

विलास खत्रीलाई थाइलैण्डमा ‘कर्पोरेट ट्रेनर अफ द इयर’ को अवार्ड

थाईलैण्ड ।  प्रख्यात नेपाली हस्पिटालिटी एक्सपर्ट तथा प्रशिक्षक विलास खत्रीले बैंककमा भएको एशिया शिक्षा सम्मेलनमा आयोजित ‘एशिया एजुकेशन अवार्ड’मा प्रतिष्ठित ‘कर्पोरेट ट्रेनर अफ द इयर’ अवार्ड प्राप्त गरेका छन् । अवार्ड समारोह विलासी होटल अमरीमा भएको थियो, जहाँ खत्रीलाई कर्पोरेट प्रशिक्षण क्षेत्रमा उत्कृष्ट योगदान र आतिथ्य उद्योगमा उनको परिवर्तनकारी प्रभावको लागि सम्मान गरिएको थियो। कर्पोरेट ट्रेनर अफ द इयरको रूपमा खत्रीको मान्यताले कर्पोरेट शिक्षा र विकासमा उनको व्यापक विशेषज्ञता र प्रभावशाली भूमिकालाई झल्काउँछ। हाल हयात रिजेन्सी, नेपालमा लर्निङ एण्ड डेभलपमेन्ट म्यानेजरको रूपमा सेवा गर्दै आएका खत्रीले ३० वर्षभन्दा बढी समय हस्पिटालिटी क्षेत्रमा समर्पित गर्दै नेपाल भित्र र अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्याएका छन्। प्रशिक्षण र सार्वजनिक भाषणमा उनको नेतृत्वले आतिथ्यदेखि शिक...
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
राजनीति, समाचार

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

 प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्। गौरवका आयोजनाका कामको गतिलाई तीव्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगायतसँग छलफलका क्रममा प्रधानमन्त्री ओलीले कहाँ कहाँ के के अवरोध हो ? तिनको समाधानको उपाय के के हो भन्ने पहिचान गरेर कुन कुन निकायबाट निर्णय हुनुपर्ने हो तत्काल गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले प्रक्रियागत झमेला, अदातली मुद्दामामिला, ढिलासुस्ती, अस्पष्ट योजना, स्रोतको सुनिश्चितता नहुने, न्यून बजेटजस्ता समस्याको समाधन खोज्न आग्रह गर्दै देशकै ढुकुटीमा रकम अभावका कारण कुनै आयोजना सञ्चालन हुन नसक्ने स्थितिमा पनि के गर्ने भन्ने निर्णयमा पुग्न आवश्यक रहेकामा जोड दिए। उनले कुनै आयोजना सुरू भएपछि त्यसको उ...