Author: admin

बस चढ्दा फेससिल्ड अनिवार्य
अर्थ/व्यापार, समाचार

बस चढ्दा फेससिल्ड अनिवार्य

सार्वजनिक बसमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य फेस सिल्ड (भाइजर) लगाउनुपर्ने भएको छ। यातायात व्यवस्था विभागले स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार बस चढ्दा फेस सिल्ड लगाउनुपर्ने व्यवस्था गरेको हो।  त्यसरी लगाइने फेस सिल्ड यात्रु आफैले व्यवस्था गर्नुपर्नेछ। सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोक्न पाउने निर्णय गरेको थियो। त्यसपछि बसमा यात्रुहरु सबै सिटमा बस्न थालेका छन्।  बसको सिट क्षमता अनुसार नै यात्रु राख्न पाइने भएपछि भौतिक दूरी कायम नहुने भन्दै विभागले फेस सिल्ड लगाउन अनिवार्य गरेको हो। यात्रुले विगतबाटै जसरी मास्क अनिवार्य रुपमा आफैंले लगाउँदै आएका छन्, अब फेस सिल्ड पनि अनिवार्य रुपमा लगाउनुपर्ने भएको छ। यात्रु, चालक तथा सहचालक सबैले अनिवार्य रुपमा फेस सिल्ड लगाउँदा कोरोना संक्रमण जोखिम केही हदसम्म न्यून हुने विभा...
अब सरकारको काम संक्रमित र मृतक गन्ने मात्र
राजनीति, समाचार

अब सरकारको काम संक्रमित र मृतक गन्ने मात्र

कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको हो ।यो निर्णयसँगै सरकारले आफूलाई कोरोनाभाइरसबाट संक्रमित र मृतकको संख्या गन्नेमा सीमित गरेको छ । महामारीबाट नागरिकलाई जोगाउन निःशुल्क उपचारको व्यवस्था गर्नुपर्नेमा सरकार त्यसबाट पछि हट्नु लोकतान्त्रिक र समाजवादउन्मुख राज्यको अवधारणा विपरित हो । उपचारका लागि बेडसमेत नपाएर भौतारिनुपर्ने अवस्था आएका बेला सरकारले गरेको यस्तो निर्णयबाट सक्रमितबाट थप प्रताडित हुने देखिएको छ । सरकारले कोरोना महामारीबाट देश र जनतालाई जोगाउन राज्यको सबै स्रोतसाधनको प्रयोग गर्नुको साटो संक्रमण उच्च विन्दुमा पुगेका बेला जिम्मेवारीबाट हात झिकेको हो ।सरकारको निर्णयअनुसार अब संक्रमितले आफ्नै खर्चमा उपचार गराउनुपर्नेछ । यो व्यवस...
गच्छदारको सम्पत्ति रोक्का
राजनीति, समाचार

गच्छदारको सम्पत्ति रोक्का

ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति भाइरहेको छ । छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पत्ति रोक्का गरिएको छ ।सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौँ, सुनसरी र मोरङमा रहेको उनको सम्पत्ति रोक्का गरेको हो । गच्छदारसहित ललिता निवास जग्गा प्रकरणमा संलग्नमाथि विभागले सम्पत्ति छानबिन गरिरहेको छ । उक्त प्रकरणमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको यसअघि नै विभागले सम्पूर्ण सम्पत्ति रोक्का गरेको थियो । विभागले यसमा संलग्न पूर्वमन्त्री र कर्मचारीविरुद्ध छिट्टै मुद्दा दायर गर्ने तयारी गरेको स्रोतले जनायो ।...
दशैँको आज तेस्रो दिन, चन्द्रघण्टा भगवतीको विशेष पूजा
समाचार, समाज

दशैँको आज तेस्रो दिन, चन्द्रघण्टा भगवतीको विशेष पूजा

नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैछ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिन्छ । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा राखिन्छ । यसरी जमरा राखिएको स्थानको नजिकै जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी पूजा गरिन्छ । जसमध्ये तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजाआजा गरिन्छ । यसका अतिरिक्त कलशमा अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा पूजित भएको पाइन्छ । यसदिन पनि सम्पूर्ण देवीदेवता, तीर्थ, पावनी नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ...
विश्वभरका ४ करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण, ११ लाखको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

विश्वभरका ४ करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण, ११ लाखको मृत्यु

विश्वभर ४ करोडभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म ४ करोड २ लाख ६३  हजार ७३४ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ लाख २४ हजारभन्दा बढी पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । संक्रमितमध्ये अहिलेसम्म ३ करोड १ लाख ७ हजार ५८ जना निको भएका छन् । यस्तै एकै दिन थप ३ हजार ९७१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख १८ हजार १६७ पुगेको छ । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८३ लाख ८७ हजार पुगेको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७५ लाख ८८ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५२ लाख ३५ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३९ हजार ...
नयाँ नोटको विकल्प डिजिटल दक्षिणा
अर्थ/व्यापार, समाचार

नयाँ नोटको विकल्प डिजिटल दक्षिणा

 दशैँ नेपालीको घरदैलोमा भित्रिइसकेको छ । दशैँमा अर्थतन्त्र थप चलायमान हुने गरेकामा यस वर्ष कोरोनाका कारण अवस्था असामान्य छ तर पनि सर्वसाधारणको चाडबाड लक्षित मनोविज्ञानलाई ध्यानमा राख्दै बैङ्क तथा वित्तीय संस्थाले छुट, अफर र उपहार योजना ल्याएका छन् । खासगरी मध्यम वर्गलाई आकर्षित गर्ने अफर फर्माइएपछि बैङ्कहरूमा पैसा झिक्ने र राख्नेको चहलपहल अलि बढेको छ ।दशैँको मुख्य आकर्षण नयाँ नोट भए पनि यसपालि नयाँ नोट साट्ने र दक्षिणा दिने माहोल नबन्ने भएको छ । कोरोनाकै कारण नेपाल राष्ट्र बैङ्कले नयाँ नोट सटही नगर्ने भएको छ ।नयाँ नोटको अभाव हँुदा त्यस्ता ग्राहकलाई लक्षित गर्दै बैङ्कहरूले डिजिटल दक्षिणा, रेमिट्यान्स, मनी ट्रान्सफर योजना अगाडि सारिरहेका छन् । त्यससँगै सम्बन्धित अरू सुविधा पनि थपेका छन् ।सिटिजन्स बैङ्कले आफ्ना डिजिटल बैङ्किङ प्रयोक्तालाई पस, क्यूआर तथा फन्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डटकम...
कोरोनाको उपचार गर्दा लाग्ने खर्च सरकारले नव्यहोर्ने
समाचार, स्वास्थ्य

कोरोनाको उपचार गर्दा लाग्ने खर्च सरकारले नव्यहोर्ने

 सरकारले अब कोरोना भाइरसको संक्रमण देखिएका सर्वसाधारणको खर्च नव्यहोर्ने भएको छ । अब तोकिएका बाहेक अन्य कुनै पनि व्यक्तिले कोरोना संक्रमण देखिएसर सरकारी अस्पतालमा भर्ना हुँदा पनि उपचार गर्दा लागेको खर्च आफैं व्यहोर्नु पर्ने भएको छ । आइतबार आयोजित कोडिभ १९ को नियमित प्रेस ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले तोकिएका बाहेक अन्य व्यक्तिले परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको जानकारी दिए । असोज १९ गतेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयानुसार स्वास्थ्य मन्त्रालयले उक्त व्यवस्था लागू गरेको हो । नयाँ व्यवस्थाअनुसार अब आर्थिक रुपले विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका व्यक्ति, असहाय एकल महिला, अति अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुले मात्रै कोरोनाको उपचार गर्दा लाग्ने शुल्क तिर्नुपर्ने छैन । यस्तै, अग्र पंतिम...
पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते
समाचार, समाज

पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते

पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार उक्त दिन बिहान प्रतापमल्लकालीन न्हुँपोखरी उद्घाटन हुने छ । तीन सय ५२ वर्ष पुरानो सम्पदा भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न छ । उद्घाटन भएसँगै यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीका बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत दर्शन गर्न पाउने भएका छन् । भूकम्पपछि पाँच वर्षसम्म हरेक वर्ष भाइटीकामा पोखरीमा रहेको पुलको मुखमा बालगोपालेश्वर मूर्तिलाई राखी दर्शन गर्ने गरिएको थियो । शुरुमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म...
भोलीबाट खाद्य संस्थानले प्रतिकिलो ५६० रुपैयाँमा खसीबोका बेच्ने
अर्थ/व्यापार, समाचार

भोलीबाट खाद्य संस्थानले प्रतिकिलो ५६० रुपैयाँमा खसीबोका बेच्ने

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान)ले प्रतिकिलो ५६० रुपैयाँमा खसी तथा बोका बिक्रीवितरण गर्ने भएको छ । यस वर्षको दशैंका लागि दाङ र मकवानपुरको मजवानपुरबाट पहिलो पटक खसी तथा बोका काठमाडौं आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो । निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा १० छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार काठमाडौं आइपुगेका खसी–बोकाको सोमबार बिहान ८ बजेपछि बिक्रीवितरण शुरु हुनेछ । तोकिएको मूल्यमा १० रुपैयाँ घटाएर प्रतिकिलो ५ सय ५० का दरमा थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरण हुने कम्पनीले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयानुसार सरकारी स्वामित्वमा सञ्चालित तीन संस्थानले चाडपर्वलाई लक्ष्य गर्दै सञ्चालन गर्ने सुपथ मूल्यका पसलमा दिइएको छुटस्वरुप खसीबोकामा ...
काठमाडौं उपत्यकामा थपिए १६९८ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

काठमाडौं उपत्यकामा थपिए १६९८ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४६९, भक्तपुरमा १९९ र ललितपुरमा १३०  गरी जम्मा १६९८ जना संक्रमित थपिएका छन् ।यसअघि शनिबार (हिजो) काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी जम्मा १७४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...