Author: admin

‘मिस एण्ड मिसेस व्यूटिफुल’को अडिसन सम्पन्न,अर्को सातादेखि प्रशिक्षण
मनोरन्जन, समाचार

‘मिस एण्ड मिसेस व्यूटिफुल’को अडिसन सम्पन्न,अर्को सातादेखि प्रशिक्षण

बिगत ५ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल-२०२१ को छनौट प्रक्रिया अन्तर्गत दोश्रो अडिसन माघ १० गते नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफेमा सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल प्रालिको “मिस एण्ड मिसेस व्युटिफुलको दोश्रो अडिसनबाट १२ जना सहभागी छनौट भएका छन । नेपालका ख्याती प्राप्त व्यक्तित्वहरु नायिका रेजिना उप्रेती, ३२ वटा विश्व रेकर्ड कायम गरेका गीतकार डा.डिआर उपाध्याय, समाजसेवी तथा काठमाडौ लेडि जेसीसकी अध्यक्ष रिंकु बज्राचार्य श्रेष्ठको निर्णायक मण्डलले प्रतिस्पर्धि छनौट गरेका थिए । थुप्रै ईच्छुक सहभागीले अडिसनमा उपस्थिती जनाउन नसकेका कारण पून अर्को अडिसन गरिएको आयोजक संस्थाका प्रमुख तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए ।उक्त प...
अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्छ: चेम्बर
अर्थ/व्यापार, समाचार

अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्छ: चेम्बर

काठमाडौं,  माघ -नेपाल चेम्बर अफ कमर्सले ६९ औं अन्तरास्ट्रियभन्सार दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री पौडेलले आर्थिक गतिबिधि अत्यधिक रुपमा बढाइनुपर्ने, ब्यापार सहजीकरण सहज ढंगलेगरिनुपर्ने तथा उपभोक्ताहरुको संरक्षण हुनुपर्नेमा सरकारको ध्यान केन्द्रित भैरहेको उल्लेख गर्दै यि बिषयमा सुदृढिकरण हुने बित्तिकै राजस्व संकलन स्वतः हुने बताए । साथै मन्त्री पौडेलले भन्सार सेवालाई प्रभावकारी तथा सेवामुखी बनाउन प्रबिधि मैत्री बनाइएको उल्लेख गर्दै प्रणालीलाई समायनुकुल बनाउन सरकार प्रयत्नरत रहेको र यसमा निजी क्षेत्रको पनि उतिनै योगदान हुनुपर्नेमा जोड दिए । ‘निजी क्षेत्रले राज्यलाइ दिएको योगदानलाइ कदर गर्दछु र कोभिड भ्याक्सीनको सहज उपलब्धताको लागि अर्थ मन्त्रालय सदैव सकारात्मक ...
मिलेमतोमा मौलाउँदो भ्रष्टाचार
राजनीति, समाचार

मिलेमतोमा मौलाउँदो भ्रष्टाचार

डा.डिआर उपाध्याय देशमा सुशासन कायम गर्नको लागि सार्वजनिक प्रशासन स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी बन्न जरुरी छ । भ्रष्टाचार नियन्त्रण गरी आम नागरिकलाई सुशासनको अनुभूति गराउने सरकारको मुख्य जिम्मेवारी हो ।सरकारको तर्फबाट प्रयास नभएको होइन तर आम नागरिकले अपेक्षा गरे अनुरुप प्रभावकारी हुन सकेन । देशमा नागरिकले भ्रष्टाचारविरुद्धका आवाज उठाईरहेका छन् । तर यी आवाजहरु कोही सुन्न तयार छैनन् । देशमा भ्रष्टचार मौलाउँदै गएको छ । भ्रष्टचार भनेको देश विकासको बाधक हो । जब सम्म देशमा भ्रष्टचार नियन्त्रण गर्न सकिदैन तबसम्म देश विकास हुन सक्दैन । देशमा भ्रष्टहरुलाई अझै कारबाही प्रकृया प्रभावकारी हुन सकेको छैन। यसैका कारण भ्रष्टाचारीहरू मौलाउँदै गएका छन् ।सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा मौलाउँदै गएको समाचार विभिन्न सञ्चार माध्यमले लेख्दै आएका छन् । जनताले अझै सुशासन...
लोकदोहोरी गीत ‘सालको पात बजाउनेले…’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

लोकदोहोरी गीत ‘सालको पात बजाउनेले…’ सार्वजनिक(भिडियो)

गायक सुबर्ण बुढाथोकी र गायिका रोसनी पुन मगरको स्वर रहेको लोकदोहोरी गीत ‘सालको पात बजाउनेले…’ को भिडियो सार्वजनिक गरिएको छ । भद्र नकालको शब्द/संगीत तथा सुदिप सागरको संगीत संयोजन रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । यस अघी टेलिभिजनमा थुप्रै हास्य टेलिफिल्ममा अभिनय गरिरहेका कलाकार भिमसेन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा भिम घिसिङ, करीश्मा मगर, गोबिन्द गौतम र ग्रिवाणी बस्नेत फिचर्ड छन । https://www.youtube.com/watch?v=QpHAsgzV0jQ&fbclid=IwAR32NvQtQYcZx7EwS8YltyXuAHnyoXeoDZgvKsn91RBQbG3kpU-lIWhBpf8 भिडियोमा समावेस यि चार जना मोडलको डान्सले दर्शकहरुलाई झुमाउने छ । बिगत लामो समय देखी डान्सलाई आफ्नो पेशा बनाउदै आएका मोडल द्वय भिम घिसिङ र करिश्मा मगरको उत्कृष्ट डान्स र बिगत लामो समय देखी गायकको रुपमा परिचित गायक गोबिन्द गौतम र नयाँ प्रस्तुतिको रुपमा रहेकी गिर्बाणी बस्ने...
हाम्रो देशलाई दुईतिहाईको सरकार नफापेको होकि लोकतन्त्र ?
राजनीति, समाचार

हाम्रो देशलाई दुईतिहाईको सरकार नफापेको होकि लोकतन्त्र ?

-डा.डिआर उपाध्याय देशमा पाँचवर्षे जनादेश प्राप्त प्रतिनिधिसभा बीचमै विघटन गरी मध्यावधि निर्वाचन घोषणा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि राजनीतिक अस्थिरता बढेर गएको छ । पत्रपत्रिका र सामाजिक सञ्जालहरू गाली गलौजले भरिएका छन । नेकपाका दुवै खेमाका नेता र कार्यकर्ताबीच एकले अर्कालाई हिलो छ्याप्ने काम भएको छ । यो राम्रो संकेत होइन । यति बेला नेकपाका दुवै खेमाका शीर्ष नेताहरु तल्लो स्तरको गाली गलौज, बेइज्जती र पोल खोल्न व्यस्त छन । यसरी मुलुकको मुहार फेर्न सकिदैन । अहिले यी र यस्ता गतिविधिले पार्टी मात्र नभई प्राप्त उपलव्धि नै खतरामा परेको छ । हाम्रो देशलाई दुईतिहाईको सरकार नफापेको होकि लोकतन्त्र ? नेपाली जनताले राजनीतिक स्थिरता, विकास र शान्ति चाहेका थिए । तर ऐतिहासिक अवसर मुलुक र पार्टीले गुमाउँदैछ । यतिबेला केही पार्टीहरु सडक आन्दोलनमा छन् । जसले गर्दा नेपाली जनताले फेरि दुः...
‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’ सम्पन्न, शिव परियार सर्वोत्कृष्ट गायक
मनोरन्जन, समाचार

‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’ सम्पन्न, शिव परियार सर्वोत्कृष्ट गायक

काठमाडौं : ‘कला संस्कृतिको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नारासहित विमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्वारा ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’ सम्पन्न भएको छ । शुक्रबार राजधानीमा एक विशेष समारोहबीच अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा बरिष्ठ सङ्गीतकार राजु सिंहलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो भने पत्रकारद्वय अनन्त वाग्ले र कुवेर गिरीलाई नगदसहित रङ्ग पत्रकारिता सम्मान प्रदान गरिएको थियो । विमेन्स ग्रुपकी अध्यक्ष प्रतिमा राई र अवार्ड कार्यक्रमका अध्यक्ष गणेश सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा निर्माता संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य संघका नवनिर्वाचित केन्द्रीय सदस्य आकाश अधिकारी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, बरिष्ठ कलाकार लय संग्रौला, नेपाल टेलिभिजनकी नायवमहाप्रवन्धक आरती चटौत, नेपाल कम्युनिष...
होटल सोल्टी क्राउन प्लाजाका सु सेफ आर बि बुढाथोकीलाई ‘न्युजलाइन्स’ सम्मान
अर्थ/व्यापार, समाचार

होटल सोल्टी क्राउन प्लाजाका सु सेफ आर बि बुढाथोकीलाई ‘न्युजलाइन्स’ सम्मान

काठमाडौं- सेफ आर बि बुढाथोकी न्युजलाइन्स सम्मानबाट बिभुसित भएका छन् । न्युजलाइन्स मिडियाद्वारा महाराजगंज स्थित अरिकल्स इभेण्टद्वारा आईतबार आयोजित चौथो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम माझ उनी सम्मानित भएका हुन । न्युजलाइन्स मिडियाले विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा बुढाथोकी पाककला क्षेत्रबाट १५ उत्कृष्टमा पर्न सफल भएका हुन । कार्यक्रमका प्रमुख अतिथी बोधिसत्व स्वामी आनान्द अरुण र न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टले संयुक्त रुपमा सम्मानित गरेका थिए । पाककलाको क्षेत्रमा मात्र नभएर नेपाली, चाईनिज, जापानिज, लगायत धेरै देशका परिकार बनाउन दक्ष सेफका रुपमा परिचित उनी नेपाली सेफ जगतमा परिकार माष्टरको रुपमा चर्चामा रहदै आएका छन् । यही नै आधारमा मुल्याङकन गरि उनलाई न्युजलाइन्स सम्मान २०२१ बाट सम्मानित गरिएको न्युजलाइन्स मिडियाले जनाएको छ । को हुन आर बि बुढाथोकी ? र...
न्युज लाइन्स मिडियाको ४ औ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न
अर्थ/व्यापार, समाचार

न्युज लाइन्स मिडियाको ४ औ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न

काठमाडौं, माघ - न्युज लाइन्स मिडियाको ४ औं वार्षिकोत्सव र सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । मिडियाकी प्रबन्ध निर्देशक रिता भट्टको सभापतित्व माझ आयोजित सो कार्यक्रम बोधिसत्व स्वामी आनन्द अरुणको प्रमुख आतिथ्यता माझ आईतबार चक्रपथ महाराजगन्ज स्थित अरिकल इभेण्टमा सम्पन्न भएको हो । कार्यक्रम माझ प्रमुख अतिथी आनन्द अरुणले विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तित्वहरुलाई न्युजलाइन्स सम्मानबाट विभुसित गरे । सो अवसर माझ सम्मानित हुनेहरुमा होटल सोल्टी क्राउन प्लाजाका सु सेफ आर बि बुढाथोकी, वरिस्ठ सौन्दर्यविद सुश्मा महरा, पर्यटन व्यवसायी एवम् समाजसेवी जगत बहादुर गुरुङ, खेलाडीद्वय सुर्य बहादुर बुढाथोकी र हरि कार्की, समाजसेवी अक्कल बहादुर तामाङ, द्वन्द निर्देशक याम प्रसाद ओली, चलचित्र निर्देशक श्याम राजा श्रेष्ठ, समाजसेवी भावना केसी, युवा व्यवसायी राजेन्द्र महर्जन, साहित्यकार भिस्म राज फुलार...
अब राजनीतिक दलहरु गम्भिर बन्ने कि नबन्ने ?
राजनीति, समाचार

अब राजनीतिक दलहरु गम्भिर बन्ने कि नबन्ने ?

डा.डिआर उपाध्याय अहिले मुलुकमा अस्थिर राजनीतिको बिउ रोपिएको छ । यो अस्थिर राजनीतिले मुलुकलाई कहाँ पु–याउने हो त्यो भने अहिले यसै भन्न सकिने अवस्था बनिसकेको छैन । मुलुकको राजनीति यति बेला भिरको डिलमा उभिएको छ । नेतृत्व बर्गले गम्भिरता पूर्वक सोच्ने हो भने अफठ्यारो बाटोमा उभिएको राजनीति सहि बाटोमा आउन सक्छ । अब राजनीतिक दलहरु गम्भिर बन्ने कि नबन्ने ? यतिबेला गम्भिर प्रश्न उठेको छ । मुलुकको भाग्य र भविष्य निर्माण गर्न राजनीतिक दलहरु नै अघि बढ्नु पर्छ । झण्डै तीन दशकपछि जनताले नेकपालाई बहुमत दिएर पाँच वर्षसम्म सरकार सञ्चालनको जिम्मा दिएका थिए । तर,नेकपाले त्यसलाई जोगाउन सकेन । यो नै देशको विडम्वना हो । समय अगावै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी मध्यावधि निर्वाचनको मितिसमेत घोषणा गरिसक्नु भएको छ । तर यो अवस्थामा चुनाव हुन्छ या हुँदैन त्यो भने यसै भन्न सकिने राजनीतिक वातावरण ...
१९ वर्षीया युवती उत्तराखण्डकाे एक दिने मुख्यमन्त्री !
अन्तर्राष्ट्रिय, राजनीति, समाचार

१९ वर्षीया युवती उत्तराखण्डकाे एक दिने मुख्यमन्त्री !

भारतको हरिद्वार जिल्ला दौलतपुरकी १९ वर्षीया युवती सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले एक दिनका लागि मुख्यमन्त्री बनाएकाे छ। सृष्टिलाई २४ जनवरीका दिन आज राष्ट्रिय बालिका दिवसको अवसरमा उत्तराखण्डको मुख्यमन्त्री बनाइएकाे हाे । उत्तराखण्ड बालअधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले सरकारले महिला सशक्तीकरणप्रति जाकरुकता फैलाउने उदेश्यले उनलाई मुख्यन्त्री बनाएकाे बताउनु भएको छ। आफूलाई एक दिने मुख्यमन्त्री बनाइएकाेप्रति खुसी व्यक्त गर्दै सृष्टीले विशेषगरी बालिकाको सुरक्षासँग जोडिएका विषयप्रति केन्द्रीत भएर उत्तरखण्ड सरकारका अलग अलग विभागसँग छलफल गरिने बताएकी छिन् । यस अवसरमा विभागका अधिकारीहरुले आफ्नो कामबारे ब्रिफिङ गर्ने र आफूले त्यस विषयमा सुझाव दिने कार्यक्रम रहेकाे सृष्टिले बताइन्। उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यो कार्यक्रममा सहभागी हुनुभएकाे छ । उत्तराखण्...