गौरव पहारी र लक्ष्मी बर्देवा अभिनित चन्द्रको ‘लाहुरे’ सार्वजनिक ( भिडियो )
जन्मदिनको अवसर पारेर लोकप्रिय नायक गौरव पहारीको नयाँ म्युजिक हिडियो ‘लाहुरे’ सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार चन्द्र सिंह घलेको शब्द, संगीत तथा चन्द्र सिंह घले र रानी शाक्यको स्वर रहेको ‘लाहुरे’मा गौरव र लक्ष्मी बर्देवाको हृदयस्पर्सी अभिनय रहेको छ मनमा धेरै रहर मारेर विदेश गएका युवाहरुको कथालाइ ‘लाहुरे’को भिडियोमा समेटिएको छ ।
एसियन म्युजिकले निर्माण गरेको भिडियोलाइ काश्यप निशानले निर्देशन गरेका हुन । उत्सव दाहालको सिनेमाटोग्राफी र भावना थापा सह निर्देशन रहेको भिडियोलाई एसियन म्युजिकको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो । गुरुङ रमाइलो फनी रोलमा देखिएका छन् भने संगै फरिता खड्काको पनि रमाइलो अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=Q_0s9UuR-w4
रामेश्र्वर हुमागाईको सिनेमाटोग्राफी, बिजयराज भुर्तेलको सम्पादन र देव धिमालको कोरियोग्राफी र निर्देशन रहेको ‘सल्लाघ...








