काठमाडौं । नेपाली नारीहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा थुप्रै तीज गीतहरु आईरहेका छन् । यस्तै क्रममा गायिका शिलु भट्टराईको ‘यहीँ हो मेरो थुतुनो‘ तिज गीत सार्वजनिक भएको छ ।
बाबुराम बिस्वकर्माको शब्द खुमन अधिकारीको लय सिर्जना रहेको यश गीतमा शिलु लाई खुमन अधिकारीले साथ दिएका छ्न् । शिलु भट्टराई अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यश गीतको म्युजिक भिडियो जेरि भन्डारीले निर्देशन कोरियोग्राफी गरेका छ्न् ।
भिडियोमा खुमन अधिकारी, शिलु भट्टराई , जेरि भण्डारी , जुनु एस डि, श्री पोखरेल ,सरोज पुर्जा लगायतको अभिनय देख्न सकिन्छ। रमाइलो र ठट्यौली शब्द मा तयार भएको यश गीतलाई करन चैसिरले खिचेका हुन भने सुजन कोइरालाले सम्पादन गरेका छ्न ।
