भारतिय प्रख्यात अभिनेत्री पुनमले नेपालका थुप्तेनलाई प्रदान गरिन ग्लोबल स्टार अवार्ड

युवा समाजसेवी एवं राजनितिज्ञ फुर्वा ग्याल्बो मोक्तान (थुप्तेन) लाई भारतको पटनास्थित सांग्रिला प्यालेसमा एक भव्य समारोहकावीच उत्कृष्ट युवा समाजसेवीको अवार्डबाट सम्मानित गरिएको छ ।
बलिवुडकी प्रख्यात अभिनेत्री पुनम धिलोन, आयोजक समितिका अध्यक्ष डा.शिखा नरुला तथा मिसेस ईण्डिया प्रतिभा प्रसादको हातबाट उनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

भारत सरकारका आइएएस शंशाक शेखर,एमएलए रश्मि बर्मा,पटना सरकारको जिएसटी ज्वाइन्ट कमिस्नर समिर परिमल तथा आयोजक समिति सदस्य मिसेस ईण्डिया प्रतिभा प्रसादको संयुक्त निणार्यक मण्डलले नेपालका युवा समाजसेवी थुप्तेनका लागि यो वर्षको उत्कृष्ट युवा समाजसेवीको अवार्ड प्रदान गर्ने निर्णय गरेको थियो ।

विहारका शिक्षा तथा प्रविधि मन्त्री सुमित कुमार सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भव्य समारोहमा बलिवुडकी प्रख्यात अभिनेत्री पुनम धिलोन सहित दिल्ली सरकारका प्रशासक,पटना सरकारका प्रशासक तथा विधायक एवं राजनितिज्ञहरुको बाक्लो उपस्थिती रहेको थियो ।
सिन्धुपाल्चोकका युवा राजनितिज्ञ थुप्तेन जिल्लामा समाजसेवीको रुपमा परिचित छन ।

जिल्लामा भैपरि आउने विपदका समयमा उनले गरेका पूण्य कार्यको सर्वत्र चर्चा हुदै आएको छ । व्यबसायी समेत रहेका युवा समाजसेवी थुप्तेनले जिल्लामा मात्र नभै देशैभर सामाजिक कार्यका लागि सक्रियता देखाउदै आएका छन ।
स्थानिय स्तरमा निर्माण हुदै आएका धार्मिकस्थल,मठ मन्दिर गुम्बा निर्माणमा समेत उनको योगदान रहदै आएको छ । एचआईभी एड्सबाट संक्रमित बालवालिकाहरुको रेखदेख पठनपाठनमा समेत सहयोग गर्दै आएका उनले अप्ठेरोमा परेका प्रत्येक व्यक्तिहरुको घाउमा मल्हम लगाउने कार्यमा सधै अग्रसर रहने गर्छन । राजनीतिमा पनि उतिकै सक्रिय उनि नेपाली कांग्रेस बागमती प्रदेश महाधिवेशन प्रतिनिधी लगायत विभिन्न पदमा रहेर काम गर्दै आएका छन ।

नेपाल तामाङ्ग घेदुङ्ग सिन्धुपाल्चोक तथा आदिवासी जनजाती महासंघ,सिन्धुपाल्चोकका वरिष्ठ उपाध्यक्ष समेत रहेका उनी अमेरिकामा शाखा रहेको सिन्धुपाल्चोक समाज नेपालको केन्द्रिय अध्यक्ष हुन । उनी थुप्रै संघ संस्थामा रहेर सामाजिक कार्यहरु गर्दै आएका छन ।

शिक्षा आर्जनबाट वन्चित भएका वालवालिका लागि होस विरामी भई उपचार गर्न असमर्थ रहेका व्यक्ति हुन सवैका लागि सहयोग गर्न तत्तपर रहने उनी सामाजिक सेवा भावका लागि विभिन्न संघ संस्थाबाट सम्मानित भैसकेका छन ।
विभिन्न संघ संस्थामा आवद्ध थुप्तेनले यस अवार्डको गरिमा राख्न थप जिम्मेवारी वोध गरि सामाजिक कार्यमा थप क्रियाशिल रहने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *