आफ्नो जन्म दिनमा गायक सौगातले ल्याए ‘सुनन ए माया'(भिडियो)

गायक सौगात जङ्ग थापाले आफ्नो जन्म दिनको अबसर पारेर नया गित ´सुनन ए माया` बोलको नया गितको म्युजिक भिडियो सार्बजनिक गरेका छन। जन्म दिनलाइ थप उत्साहर र रोमान्टिक बनाउन उनले म्युजिक भिडियो सार्बजनिक गरेको बताएका छन।

उनलाइ फीमेल भोकलमा चर्चित गायिका समीक्षा अधिकारीले साथ दिएकी छिन। अभिनाश थापा र रमेश साउदको सब्द रचना रहेको गितलाइ सौगात जङ्ग थापा स्वयमले सङ्गीत गरेका हुन भने विशाल निरौलाले एरेन्ज गरेका हुन।

उत्तम श्रेस्ठ (शिशिर) को निर्देशन रहेको भिडियोलाइ विशाल थापाको छायान्कन रहेको छ। भिडियोमा अहिले को चर्चित मोडेल स्मारिका ढकाल र सुरेश कोहलिको गजब केमेस्ट्री बनेको छ ।

झापा जिल्लाको विभिन्न ठाउमा छायान्कन गरेको भिडियोलाइ मीन रावलले एडिट गरेका हुन भने G media Connection युटब च्यानलले बजारमा ल्याएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *