निर्भाणा एकेडेमीमा स्टेम प्रदर्शनी हुदै

सीतापाइला, काठमाडौँ स्थित निर्भाणा एकेडेमी स्टिम तथा विज्ञान विभागको आयोजनामा यही फागुन २६ गते शनिबार  विज्ञान, प्रबिधि,  इन्जिनियरिङ्, कला र गणित (STEAM/ स्टेम ) प्रदर्शनी हुने भएको हो । 

निर्भाणा एकेडेमीका  करिब २०५ बिध्यार्थीहरुले तयार गरेका स्टेमसंग सम्बन्धित ५० भन्दा बढी  विभिन्न परियोजना कार्य , मोडेल, चित्रकला,  सृजनात्मक कार्य , बिज्ञान र प्रबिधिका नबिन प्रयोगात्मक कार्यहरुको प्रदशानी हुने बिध्यालयका बिज्ञान बिभागका प्रमुख एबं एकेडेमीक इन्चार्ज लक्ष्मण गौतमले बताउनु भयो। 

यस प्रर्शनीमा विद्यालयमा अध्ययनरत छात्र छत्राहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जानकारी गराएको छ ।  काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसनका उपप्राध्यापक एवम् स्टेम विभागका प्रमुख श्री विनोदप्रसाद पन्तबाट उद्घाटन हुने उक्त प्रदर्शनीमा   आयोजक विद्यालयका विद्यार्थी, अभिभावक, उपत्यकाका विभिन्न विद्यालयका प्रधानाध्यापक र विद्यार्थी गरी अनुमानित १२०० जनाले अवलोकन गर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक निराजन अधिकारीले जानकारी गराउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *