कोलम्वोमा भएको ग्लोबल टुरिज्म कन्फ्रेन्समा सम्मानित भए नेपाली कलाकर्मी

कोलम्वो ।  श्रीलंकाको राजधानी कोलम्बोमा दोश्रो ग्लोबल टुरिज्म कन्फ्रेन्स भव्य रुपमा सम्पन्न भएको छ । कोलम्वोको होटल जेष्ट मेट्रोपोलमा आयोजित उक्त समारोहमा सहभागी हुन नेपालबाट करिव १ दर्जन वढि कलाकार,पत्रकार,सामाजिक अभियन्ता एवं पर्यटन व्यबसायीहरुको कोलम्बो आएका थिए । श्रीलंका र नेपालमा पर्यटन प्रवद्र्धनका लागि आयोजित उक्त कार्यक्रममा श्रीलंकाका पर्यटन व्यबसायी,समाजसेवीहरुको समेत उपस्थिती रहेको थियो । श्रीलंकाका लागि नेपाली राजदुत वासुदेव मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमलाई नेपालको तर्फबाट निकिला मिडिया नेटवर्क र श्रीलंकाको तर्फबाट सहोदराथ्वेय पियसतहन फाउण्डेसनले संयुक्त रुपमा आयोजना गरेको थियो ।
इस्ना होलीडेज तथा श्रीलंकन एयरलाईन्सको विशेष सहयोग रहेको कार्यक्रममा नेपालबाट कार्यक्रममा सहभागीता जनाउन आएका वरिष्ठ अभिनेता उद्धवराज भट्टराई,वरिष्ठ गीतकार प्रमोद भट्टराई ‘प्रतिक’,साहित्यकार राधादेवी पराजुली, नायक श्रीदेव भट्टराई, संचारकर्मी राज लुईटेल, शिक्षाविद सन्जय दाहाल, समाजसेवी रन्जिता गुरुङ्ग,सौन्दर्यविद जेविशा थापा,समाजसेवी,शान्ता कुमारी दाहाल, शिक्षाविद, कावेरी दाहाल, आरुषी दाहाल, पर्यटन व्यबसायीहरु नरेन्द्र थापा, रमेश क्षेत्री लगायतलाई सम्मान प्रदान गरिएको थियो भने श्रीलंकाका निशानत परेरा,दनुस्का जयसिंघे लगायत केही पर्यटन व्यबसायी तथा एवं सामाजिक अभियन्ताहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा श्रीलंकाका पर्यटन व्यबसायी वक्ताहरुले श्रीलंकनहरुले नेपाललाई प्रमुख धार्मिक पर्यटक स्थलको रुपमा चित्रण गरिने गरेको र वार्षिक नेपाल भ्रमणमा जाने श्रीलंकन पर्यटकहरुको संख्या बढेपनि नेपालबाट श्रीलंका भ्रमणमा आउने नेपाली पर्यटकहरुको संख्या न्यून रहेकोले यस कार्यक्रमले श्रीलंका भ्रमण गर्ने नेपाली पर्यटकहरुको संख्या बढ्नेमा आशावादी भएको कुरा बताएका थिए ।
यसै गरि नेपाली वक्ताहरुले पनि श्रीलंका र नेपालको निकै पुरानो सम्बन्ध भएको र दुवै देश वौद्ध धर्म मार्फत संसार भर चिनिएकाले बुद्ध धर्मालम्वीहरुको देश भनेर परिचय बनाएको दुवै देशले लामो समयदेखि भोगेको अशान्ति बाट मुक्त भए पनि राजनीति अस्थिरताले सोचे अनुरुप विकास हुन नसकेको गुनासो व्यक्त गरे ।
प्रमुख अतिथी मिश्रले यस किसिमको उत्कृष्ट कार्यक्रम गर्न श्रीलंका रोज्नु भएकोमा आयोजक कमिटीलाई धन्यवाद दिदै श्रीलंकनहरुले नेपालीहरुलाई असाध्यै स्नेह र आदर गर्ने र नेपालीहरु भनेको वुद्ध जन्मभुमीका नागरिक हुन भन्दै श्रद्धापूर्वक व्यबहार गर्ने गरेको कुरा वताए । श्रीलंका विश्वकै सवैभन्दा वढि साक्षर भएको देश भएको र नेपालबाट वर्षेनी शिक्षाका लागि अर्वौ वाहिरिएको सन्दर्भमा श्रीलंकाबाट पाईने छात्रवृत्तिका लागि समेत नेपाली विद्यार्थीहरुले धेरै फाईदा लिन सक्ने जानकारी दिए ।
कार्यक्रममा उपस्थित नेपाली दुतावासको तर्फबाट द्धितिय सचिव विश्वास भट्टले दुवै देशका भाषामा कार्यक्रमको सफलता शुभकामना दिदै यस समारोहले श्रीलंकाबाट नेपाल भ्रमण गर्न जाने पर्यटकहरु बढ्नेमा आशावादी भएको र यसका लागि नेपाली दुतावासले समेत विशेष योजना ल्याउन लागेको कुरा बताए ।
निकिला मिडिया नेटवर्कले प्रत्येक वर्ष विभिन्न देशमा नेपालमा पर्यटन प्रवर्दनका निमित्त ग्लोबल टुरिज्म कन्फ्रेन्स गर्दै आईरहेको छ । गत वर्ष अजरवैजानको राजधानी बाकुमा भएको कन्फ्रेन्समा अजरवैजाका नागरिकहरुलाई नेपालका वारेमा जानकारी दिदै नेपाल पर्यटकका लागि संसारकै उत्कृष्ट गन्तव्य भएको र नेपाल भ्रमणका लागि अजरवैजानीहरुलाई आमन्त्रण गरेको जानकारी संस्थाका अध्यक्ष सोनीतराज ढुङ्गेलले जानकारी दिए । श्रीलंकामा भएको दोश्रो सम्मेलनले पनि नेपालमा श्रीलंकाबाट आउने धार्मिक पर्यटकहरुको संख्यामा थप वृद्धि हुने कुरा वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *