बुनु श्रेष्ठको नेवारी गीत ‘बहनिया मिला’ सार्वजनिक(भिडियो)

काठमाडौं। नेपाली आधुनिक संगीतमा गायिका बुनु श्रेष्ठको गायन यात्राले दशकौं पार गर्न लागिसकेको छ। अढाई सय नेपाली गीतमा सुमधुर स्वर दिइसकेकी छन्। यद्यपि, गायन यात्रामा चुपचाप छायांमा नै पर्दैआएकी उनै गायिका बुनु श्रेष्ठले नेपालभाषाको सांगीतिक क्षेत्रमा पनि आयामिक रुपमा आफूलाई प्रस्तुत गरेकी छन्। नेपालभाषामा पहिलो पल्ट बहनिया मिला अर्थात रातको जुन बोलको गीत शनिवार काठमाडौंमा सार्वजनिक गरेर आफूलाई नेपालभाषाको बलियो गायिका मात्र नभइकन नायिकाको रुपमा प्रस्तुत गर्न सफल भएकी छन्।

आफ्नो गायनको गीत बहनिया मिलामा आफै नायिका बनेर बुलन्द अभिनय गरेकी बुनु श्रेष्ठ गायिका मात्र नभइकन नायिका पनि हुन भन्ने प्रमाणित गरेको छ। जुन गीतमा गायिका बुनु श्रेष्ठको अभिनयमा नेपाली चलचित्रका युगिन नायक धीरेन शाक्यले साथ दिएका छन्। बढी नेपाली चलचित्रमा मात्र सक्रिय बनिरहेका नायक शाक्य केही समय यता आफ्नो मातृभाषा नेपालभाषाका गीतका म्युजिक भिडियोहरुमा पनि अभिनय मार्फत सक्रिय बन्न थालेका छन्। जुन सुखद पक्ष हो।

नेपालभाषाका चर्चित गीतकार प्रकाश दीप श्रेष्ठको शव्द रचना तथा नीलःशाक्यको संगीत तथा अनुप चापागाइको निर्देशन रहेको गीतको भिडियो सार्वजनिक समारोहमा नेपाली तथा नेपालभाषाका युगिन अभिनेता तथा निर्देशक पवन जोशी, निर्देशक आर्य नकर्मी, विलक्षण प्रतिभाका धनी कलाकार यमन श्रेष्ठ लगायतका विशिष्ट व्यक्ति विशेषको विशेष उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *