नृत्य निर्देशक संघद्वारा केन्द्रिय सदस्य बुद्ध लामालाई सम्मान

काठमाडौं । नृत्य निर्देशक संघ नेपालले संघका सदस्य एवं चौरीदेउराली गाउपालिका वडा नं. १ बाट नव निर्वाचित वडा सदस्य बुद्ध लामालाई सम्मान गरेको छ । लामो समयदेखि नृत्य निर्देशकको रुपमा सक्रिय लामाले नेपाली काङ्ग्रेसबाट वडा सदस्यमा निर्वाचित भएको अवसरमा उनलाई संघको तर्फबाट वरिष्ठ उपाध्यक्ष प्रदिपमान श्रेष्ठ लगायत अन्य वोर्ड सदस्यहरुले वधाई एवं सफल कार्यकालका लागि शुभकामना सहित सम्मान प्रदान गरेका थिए ।
नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपालको कार्यालयमा आयोजना गरिएको उक्त बधाई तथा शुभकामना कार्यक्रममा  केन्द्रीय सह-सचिव रवि राना मगर,  केन्द्रीय सचिव एवं प्रवक्ता ऋषिकेश श्रेष्ठ, केन्द्रीय उपाध्यक्ष शम्भु शाही, केन्द्रीय महासचिव नृपध्वज खत्री,केन्द्रीय कोषाध्यक्ष शारदा शर्मा सोती,केन्द्रीय सह-कोषाध्यक्ष केशव कोइराला,केन्द्रीय सदस्यहरु प्रमिला कार्की ढकाल, सृजना श्रेष्ठ,सृजना राजबाहक लगायतले संघका केन्द्रीय सदस्य बुद्ध लामालाई आगामी ५ बर्षे कार्यकाल सफलताको शुभकामना तथा बधाई दिएका थिए ।

सम्मानित लामाले आफुलाई संघले दिएको सम्मानले थप जिम्मेवारी बढाएको र संघको समेत गरिमा कायम राख्दै जनताको सेवामा लाग्ने कुरा बताउदै संघका सम्पुर्ण सदस्यलाई धन्यवाद दिए ।

कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष भुवनदास श्रेष्ठको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो । स्वास्थ्यमा समस्याका कारण अध्यक्ष श्रेष्ठको उपस्थिती रहेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *